|

कञ्चनपुर : पूर्व-पश्चिम राजमार्गअन्तर्गत कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको अर्जुनीनजिकै ट्रयाक्टर दुर्घटना हुँदा शुक्रबार दिउँसो १४ जना घाइते भएका छन्।

कृष्णपुर नगरपालिका ९ पिपरैयाबाट बेदकोट नगरपालिकाको दैजीमा जन्ती पुर्‍याएर फर्कने क्रममा से१त ३८४१  नम्बरको ट्रयाक्टर सडकछेउमै पल्टिँदा १४ जना घाइते भएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक कर्णबहादुर बोहराले बताए।

 दुर्घटनामा परी घाइते भएकामध्ये आठ जनालाई उपचारका लागि कैलालीको धनगढीतर्फ लगिएको छ। अन्य घाइतेको झलारीस्थित निजी मेडिकल र अस्पतालमा उपचार भइरहेको छ।

प्रहरी निरीक्षक बोहराका अनुसार घाइतेमध्ये चारजनाको अवस्था गम्भीर रहेको छ। प्रहरीका अनुसार ट्रयाक्टरमा ३० जना बढी सवार रहेका थिए। चालकले नियन्त्रण गुमाउँदा दुर्घटना भएको बताइएको छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.