|

काठमाडौं : संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापनार्थ तैनाथ नेपाली सेनाले दक्षिणी सुडानका विभिन्न विद्यालयमा शैक्षिक सामग्री र कोभिड-१९ का सुरक्षित सामग्री वितरण गरेको छ।​

शान्ति सेनाको एघारौँ डफ्फाका फिमेल इङ्जमेन्ट टीम (एमइटी) ले महिला तथा बालिकाका लागि मिन्सुरेसनसम्बन्धी विभिन्न कार्यशाला कक्षा सञ्चालन पनि गरेको छ।

नेपाली शान्ति सैनिकले द्वन्द्वग्रस्त मुलुकको अति संवेदनशील इलाकामा तैनाथ रही आफ्नो अपरेशनल जिम्मेवारी पूरा गर्दै आइरहेको छ।

स्थानीय समुदायलाई लक्षित गरी सञ्चालन गरेका विभिन्न मानवीय सहयोग तथा चेतनामूलक कार्यले स्थानीय निकाय तथा समुदाय र शान्ति सैनिकबीच विश्वासको वातावरण सिर्जना भई आपसी सम्बन्ध थप प्रगाढ हुने नेपाली सेनाले जनाएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.