|

काठमाडौं :  दक्षिण अफ्रिकाबाट सुरु भएको कोरोना भाइरसको नयाँ भेरियन्ट (ओमिक्रोन) भाइरस विश्वका विभिन्न मुलुकमा फैलिरहेको छ।

नेपालीको श्रम गन्तव्य मुलुक कतार, मलेसिया, युएई, दक्षिण कोरिया, युरोप, जापानलगायत विश्वका ३१ मुलुकमा नयाँ भेरियन्ट देखापरेको विश्व स्वास्थ्य संगठन(डब्ल्युएचओ) ले जनाएको छ। 

वैदेशिक रोजगारी कोरोना भाइरसका कारण करिब २ वर्षदेखि थला परेको थियो।

विश्वका विभिन्न मुलुकमा कोरोनाको जोखिम कम भएसँगै विस्तारै लयमा फर्किंदै गरेको वैदेशिक रोजगारीमा फेरि त्रास सिर्जना भएको छ। कोरोनाको जोखिम बढेसँगै विश्वका विभिन्न मुलुकले उडानमा कडाइ गर्न थालेका छन्।  

रोजगारीका लागि विश्वका विभिन्न मुलुकमा नेपालीहरू पुगेका छन्।

कोरोना पहिलो र दोस्रो लहरमा वैदेशिक रोजगारीमा गएका ती नेपाली जोखिममा परेका थिए।

समस्यामा परेका कतिपय नेपालीको उद्धार गरियो भने कतिपय कोभिड लहर अगाडि नै फर्किएका थिए। यतिवेला फेरि विश्वमा फैलिइरहेको कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोनले पनि रोजगारीका लागि विदेशमा रहेका नेपाली जोखिममा पर्ने देखिएको छ।

कतारले लगायो ३६ देशलाई प्रतिबन्ध

कतारमा पनि कोरोनाको नयाँ भेरियन्ट फेला परेको पुष्टि भएको छ।

कतारमा रोजगारीका लागि आएका एक जोडी अफ्रिकी नागरिकमा गत मंगलबार ओमिक्रोन देखा परेको थियो।

कतारले पनि तत्कालका लागि दक्षिण अफ्रिका, नामिबिया, बोत्सवाना, जिम्बाबे, मोजाम्बिक, लेसोथो र एस्वाटिनी (स्वाजिल्यान्ड) लगायत २६ देशबाट आउने नागरिकमाथि प्रतिबन्ध लगाएको छ।

हाल कतारको रोजगारीमा जान १५ हजारभन्दा बढी नेपाली कामदारले श्रम स्वीकृति लिइसकेको र ७ हजारभन्दा धेरैले हवाई टिकट लिइसकेको वैदेशिक रोजगार विभागले जनाएको छ।

ओमिक्रोन फेला परेपछि कतारले नेपाली कामदारका विषयमा भने केही आधिकारिक निर्णय नगरेको र तत्काल नेपाली कामदार नरोकिने कतारस्थित नेपाली दूतावासले जनाएको छ।

युएईले लगायो ७ देशलाई प्रतिबन्ध

नेपाली कामदारको मुख्य रोजगार गन्तव्य देश युएईमा कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोनको संक्रमण देखा परेको छ।

युएईमा गत बुधबार अफ्रिकी नागरिकमा ओमिक्रोन भेरिएन्ट देखिएको थियो।

नयाँ भेरिएन्टको संक्रमण रोक्न तथा नियन्त्रणका लागि युएईले दक्षिण अफ्रिका, नामिबिया, बोत्सवाना, जिम्बाबे, मोजाम्बिक, लेसोथो र एस्वाटिनी गरी ७ देशबाट यात्रु आउन बन्देज लगाएको छ।

हाल युएई रोजगारीमा जानका लागि करिब ७ हजार कामदारले श्रम स्वीकृति लिएको वैदेशिक रोजगार विभागले जनाएको छ।

इजरायल  बन्द

पहिलो चरणमा केयरगिभरमा इजरायल जाने तयारीमा रहेका सबै विदेशी नागरिकलाई इजरायल प्रवेश निषेध गरिएको छ।

दक्षिण अफ्रिका र अन्य ६ अफ्रिकी देशलाई रेड लिस्टमा राख्दै ती देशबाट स्वदेश फर्कने इजरायलीहरूले १४ दिन क्वारेन्टाइन बस्नुपर्ने व्यवस्था गरेको छ।

दक्षिण कोरिया, जापानमा पनि कोरोनाको नयाँ भेरियन्ट फेला परेको छ। यसले गर्दा वैदेशिक रोजगारीमा रहेका र जाने तयारीमा रहेका नेपाली पनि जोखिममा पर्ने देखिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.