|

काठमाडौं : अभिनेत्री करिश्मा मानन्धरले कक्षा १२ परीक्षा उत्तीर्ण गरेकी छिन्। शुक्रवार दिउँसो राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको नतिजाअनुसार उनले २.४१ जीपीएसहित परीक्षा उत्तिर्ण गरेकी हुन्।

आफूले अपेक्षा गरे अनुसारकै नतिजा आएकोले आफू सन्तुष्ट रहेको उनले बताएकी छिन्। कोरोनाका कारण उनको पढाइ प्रभावित भएको थियो। 

सानै उमेरदेखि सक्रिय रुपमा अभिनयमा लागेकाले उनले आफ्नो पढाइलाई निरन्तरता दिन सकेकी थिइनन्। ४० वर्षको भएपछि कक्षा ८ बाट फेरि पढ्न सुरु गरेकी करिश्माले अब भने पढाइलाई निरन्तरता दिने बताएकी छिन्। 

१२ कक्षाको नतिजा आएसँगै करिश्मालाई उनका शुभचिन्तकले विभिन्न माध्यमद्वारा बधाई दिइरहेका छन्।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.