|
तस्वीर : नमिन ढकाल

इलाम : १४ औं संस्करणको आत्मानन्द गोल्डकप फुटबल प्रतियोगिताको उपाधि घरेलु टिम माङसेबुङ गाउँपालिका खेलकुद समितिले जितेको छ।

माङसेबुङ–५ स्थित आत्मानन्द खेल मैदानमा भएको प्रतियोगिताको उपाधि भिडन्तमा बिबिएफसी दमक झापालाई सडेन डेथमा पराजित गर्दै माङसेबुङले उपाधि चुमेको हो।

निर्धारित समयमा गोलरहित बराबरीमा खेल सकिएपछि टाइब्रेकरमा धकेलिएको थियो।

टाइब्रेकरमा समेत बराबरी भएपछि निर्णयको लागि सडनडेथ रोजिएको थियो।

उपाधिविजेता माङसेबुङको फुटबल टोली। तस्वीर : नमिन ढकाल

खेलको सुरुवातबाटै बिबिएफसी दमकलाई दबाबमा राख्न सफल भए पनि माङसेबुङले गोल गर्न सकेन।

दोश्रो हाफमा गोलरक्षक आयुस लिम्बूले रेडकार्ड पाएपछि माङसेबुङ १० खेलाडीमा सीमित भएको थियो।

जितसँगै माङसेबुङले नगद ३ लाख १ सय ६८ रुपैयाँ पाएको छ।

उपविजेता दमकले नगद २ लाख १ सय ६८ रूपैयाँ पाएको छ।

त्यस्तै उत्कृष्ट गोलरक्षक विजेता टिमका आयुस लिम्बू, उत्कृष्ठ डिफेण्डर विजेताकै रोनिस राई, उत्कृष्ठ खेलाडी विजेताकै प्रविन राई र सर्वाधिक गोलकर्ता उपविजेता टिमका किस्मत लिम्बू घोषित भए।

किराँत धर्मगुरु आत्मानन्द लिङदेनको ६८ औं जन्मोत्सवका अवसरमा ११ मंसिरदेखि सञ्चालित प्रतियोगितामा पूर्वका इलाम, पाँचथर, झापा, मोरङ, सुनसरी र भारतको दार्जिलिङ गरी ८ टिमको सहभागिता थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.