|

काठमाडौं : हिमाली जिल्लामा बुधबारदेखि हिउँ पर्न थालेको छ। मनाङ मुस्ताङको  माथिल्लो क्षेत्रमा केही दिनयता हिउँ परिरहेको छ।

मुस्ताङको लोमान्थाङ गाउँपालिका, लो–घेकर दामोदर कुण्ड गाउँपालिका र मुक्तिनाथ क्षेत्रमा हिमपात भएको हो भने म्याग्दीको गुर्जामा पनि हिमपात सुरु भएको स्थानीय मनबहादुर विकले जानकारी दिए।

त्यस्तै, मनाङको ङिस्याङ र नार्पाभूमि गाउँपालिकाका क्षेत्रमा हिउँ परेको छ। माथिल्लो क्षेत्रको थोराङलापास, बेसक्याम्प, याकखर्च, तिलिचो क्षेत्रमा हिमपात भइरहेको छ।

माथिल्लो क्षेत्रमा हिमपात भएसँगै तल्लो क्षेत्रमा वर्षासँगै कुहिरो र हुस्सु लागेको छ।

केही तस्वीर झलक :

तस्वीर : गोरखापत्रबाट

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.