|

धनगढी : सुदूरपश्चिम प्रदेशमा कांग्रेसको प्रदेश नेतृत्व चयनका लागि मतदान सुरु भएको छ। शनिबार धनगढीस्थित निर्माण व्यवसायी संघ कैलालीको हलमा मतदान सुरु भएको हो।

प्रदेश कार्यसमिति चयनका लागि संस्थापन र इतर पक्ष प्यानलसहित चुनावी मैदानमा होमिएका छन्। सभापतिमा देउवा प्यानल (संस्थापन समूह) बाट केन्द्रीय सदस्य तथा पूर्वमन्त्री वीरबहादुर बलायरको उम्मेदवारी छ। यस्तै इतर पक्षबाट कैलालीका पूर्वसभापति नारायणदत्त मिश्रको उम्मेदवारी परेको छ।

यस्तै, संस्थापन पक्षबाटै प्रदेश उपसभापतिमा कैलालीका जनक चौधरी र बैतडीका लोकराज अवस्थी, महामन्त्रीमा कैलालीका नरनारायण शाह र अछामका मेघराज खड्का तथा सहमहामन्त्रीमा कञ्चनपुरका चिन्तामणी भट्ट, गोपाल भट्ट र अछामका अम्बिका चलाउनेले उम्मेदवारी दिएका छन्।

यस्तै संस्थापन इतर पक्षबाट मिश्रले सभापतिमा उम्मेदवारी दिएका छन् भने उपसभापतिमा कञ्चनपुरका गोपाल गुरुङ र बाजुराका मानबहादुर रावल, महामन्त्रीमा बझाङका प्रताप गुर्दामी र अछामका रामबहादुर शाही, सहमहामन्त्रीमा दार्चुलाका पदमराज पन्त र बैतडीका नरेन्द्र भट्ट र खिना भण्डारीले उम्मेदवारी दिएका छन्।

यस्तै कांग्रेस सुदूरपश्चिमको उपसभापतिमा हिम रावलको पनि उम्मेदवारी थियो। तर, उनले उम्मेदवारी फिर्ता लिएको र आफ्नो समर्थन वलायर समूहलाई रहेको भन्दै विज्ञप्ति जारी गरेका छन्। यस्तै सहमहामन्त्रीमा लक्ष्मण शाही, हर्क स्वार र डम्मरी महराको पनि उम्मेदवारी परेको छ।

केही तस्वीर झलक :

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.