|

काठमाडौं : भृकुटीमण्डपमा जारी राप्रपाको महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि मतदान भइरहेको छ। बिहान ८ बजेदेखि हुने भनिएको मतदान करिब ४ घण्टा ढिला गरी १२ बजेदेखि जारी छ। अध्यक्षको मतपत्रद्वारा र अन्यको विद्युतीय मेसिनद्वारा मतदान भइरहेको हो।

१५ मंसिरदेखि जारी महाधिवेशनबाट अध्यक्ष, चार उपाध्यक्ष, तीन महामन्त्री गरी आठ पदाधिकारीसहित उम्मेदवारी दर्ता भएको नेता सुन्दर पाण्डेले जानकारी दिएका छन्। महाधिवेशनमा १९९ सदस्यीय नयाँ कार्यसमितिका लागि २ सय ६६ जनाले उम्मेदवारी दर्ता गराएका छन्।

​निर्वाचनमा देशभरबाट चार हजार ७ सय प्रतिनिधिले नयाँ नेतृत्व छान्नेछन्। अध्यक्षमा कमल थापा र राजेन्द्र लिङ्देनको उम्मेदवारी दर्ता भएको छ।

उपाध्यक्ष र महामन्त्रीमा कम्तीमा एक महिला निर्वाचित गर्ने व्यवस्था गरिएको छ। चार उपाध्यक्ष, तीन महामन्त्रीका साथै अन्य केही पदाधिकारी नयाँ कार्य समितिले मनोनीत गर्ने व्यवस्था छ।

उम्मेदवारी दर्ताबाट करिब ५० लाख सङ्कलन भएको जनाइएको छ। करिब दुई वर्ष अगाडि राप्रपा र राप्रपा (संयुक्त) को एकतापछि पहिलो पटक हुन लागेको उक्त अधिवेशनमा यसपटक नेतृत्वका लागि तीव्र प्रतिस्पर्धा देखिएको छ। 

केही तस्वीर झलक :

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.