|

टर्कीसँगको सिरियाको सीमा नजिकैको विपक्षी नियन्त्रित सहर हो‚ सरमादामा। ​सिरियाका अन्य क्षेत्रबाट हजारौं विस्थापित मानिस आएर यहाँ बसिरहेका छन्। आफ्नो घर फर्कने आशामा जीवन बिताइरहेका छन्।

सहरको उच्च भागमा पानी ट्याङ्कीसहित पाल देख्न सकिन्छ। इँटाका घरहरू र अन्य संरचनाहरूले यो विस्थापित मानिसहरूको आश्रयस्थल हो भन्ने झल्काउँछ।

यहाँका विस्थापित महिलाहरू खाना पकाउँछन् र बच्चाहरू खेल्छन्। पुरुषहरू काममा जान्छन्, प्रार्थना गर्छन् र राजनीतिक छलफल गर्छन्।

सिरियाको १० वर्षको द्वन्द्वमा विभिन्न हिंसाका कारण उनीहरू विस्थापित भएका हुन्। देशको उत्तरपश्चिम कुनामा रहेको इदलिब प्रान्त टर्की समर्थित विपक्षी लडाकुले कब्जा गरेको सिरियाको यो अन्तिम क्षेत्र हो।

इदलिब सहरको उत्तरमा सरमदाका केही शिविरमा टर्किस रेड क्रिसेन्टद्वारा खाना र कम्बल वितरण गरिरहेका छन्।

सिरियाबाट विस्थापित हुनेको लहर बढेपछि यो सहरमा जनसंख्या पछिल्ला दिनमा नाटकीय रूपमा वृद्धि भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.