|

काठमाडौं : कलाकार तथा निर्माता दीपकराज गिरीले अभिनेत्री रेखा थापा राप्रपाको महामन्त्रीको उम्मेदवारीप्रति समर्थन जनाएका छन्।

शनिबार फेसबुकमा स्ट्याटस लेख्दै राप्रपाको अधिवेशन आफ्ना लागि चासोको विषय नभए पनि रेखा थापाले उम्मेदवारी दिनु स्वागतयाेग्य रहेकाे बताएका हुन्। 

राप्रपाको महामन्त्री पदका लागि रेखाले दिएको उम्मेदवारीका विषयमा उठेका प्रश्नहरूको जवाफ दिँदै दीपकले यस्तो स्ट्याटस लेखेका हुन्। 

गणतन्त्रवादी रेखा कसरी राप्रपा ? भनेर प्रश्न गर्नेहरूलाई जवाफ दिँदै उनले लेखेका छन्, 'कांग्रेस एमालेमा पनि राजा ल्याउनुपर्छ भन्ने विचार राख्ने मान्छेहरू छन्। अब उनीहरू कांग्रेस वा एमाले हुन् वा होइनन्? त्यसै गरेर राप्रपा मा पनि त राजा ल्याउनु हुन्न भन्ने धार पनि होला वा हुन सक्छ।'

साथै जो अरुलाई सक्दैनस् भन्ने, तेरो काम छैन भन्छन्‚ वास्तवमा ऊ आफैँ अक्षम हुने उनले बताएका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.