|

धनगढी : नेपाली कांग्रेसको सुदूरपश्चिम प्रदेश वीरबहादुर बलायर विजयी भएका छन्। उनले कुल खसेको १ हजार ३ मध्ये ६८८ मत प्राप्त गरेका छन्।

उनका प्रतिद्वन्द्वी नारायणदत्त मिश्रले २८० मत प्राप्त गरेका छन्। बलायर देउवा र मिश्र पौडेल पक्षका हुन्।

यसैगरी, उपसभापतिमा सोही प्यानलका जनकराज चौधरी र लोकराज अवस्थी, महामन्त्रीमा नरनारायण शाह र मेघराज खड्का, सह–महामन्त्रीमा गोपालदत्त भट्ट, चिन्तामणि भट्ट र अम्बिका कुमारी चलाउने पनि विजयी भएका छन्।

चौधरीले ६१० र अवस्थीले ५२३ मत पाएका छन्। यस्तै शाहले ६४८ र खड्काले ६३५ मत पाएका छन्।

४९ जना सदस्य चयनका लागि भएको मतदानको परिणाम भने सार्वजनिक गरिएको छैन। तीनजना सदस्य भने निर्विरोध चयन भएका थिए।

बलायर नेतृत्वको प्यानल विजयी भएसँगै उनका प्रतिस्पर्धी नारायणदत्त मिश्रले हार स्वीकार गर्दै  मतदातालाई धन्यवाद दिएका छन्।

सामाजिक सञ्जालमार्फत मिश्रले मतदातालाई धन्यवाद दिँदै विजयी सबैलाई बधाई दिएका हुन्। ‘नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशका मतदातालाई हार्दिक धन्यवाद र सबै साथीहरूलाई हार्दिक बधाई तथा शुभकामना छ,’  मिश्रले सामाजिक सञ्जालमा लेखेका छन्, आगामी दिनमा सँगै मिलेर काम गरौंला।’

कसले कति मत पाए?

सभापति

वीरबहादुर बलायर (६८८ विजयी)

नारायण दत्त मिश्र (२८०)

उपसभापति

गोपाल सिंह गुरुङ (२८१)

जनकराज चौधरी (६१० विजयी)

मन बहादुर रावल (२६३)

लोकराज अवस्थी (५२३ विजयी)

हिम बहादुर रावल (१२१)

महामन्त्री

नरनारायण शाह मनु (६४८ विजयी)

प्रताप गुर्धामी (१३३)

मेघराज खड्का (६३५ विजयी)

राम बहादुर शाही (३०३)

सहमहामन्त्री

गोपाल दत्त भट्ट (५२९ विजयी)

चिन्तामणि भट्ट (५३३ विजयी)

नरेन्द्र प्रसाद भट्ट (२१२)

पदम राज पन्त (२५४)

लक्ष्मण बहादुर शाही (१६४)

हर्क बहादुर स्वार (६८)

सहमहामन्त्री

अम्बिका कुमारी चलाउने (६८६ विजयी)

खिना भण्डारी (२२३)

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.