|

काठमाडौं : साताको पहिलो दिन आइतबार पनि सेयर बजारको ओरालो यात्रा रोकिएन। ११ बजे खुलेको बजार ७२.३० अंकले घटेर ३ बजे बन्द भएको छ।

पछिल्लो साता नेप्से परिसूचकमा मौद्रिक नीतिको प्रभावले निरन्तर गिरावट आइरहेको छ। सेयर लगानीकर्ता मौद्रिक नीतिको समीक्षामा ४-१२ करोड सेयर धितोकर्जाको सीमा परिवर्तन हुने आशामा थिए।

तर, मौद्रिक नीतिको समीक्षाले ४-१२ करोडको सीमा परिवर्तन नभएपछि यसको प्रभाव आइतबारदेखि सेयर बजारमा परेको बताइएको छ।

आइतबार कुल ६० हजार ८८ पटक २२६ कम्पनीको कारोबार भएको छ। यस कारोबारबाट ८९ लाख २० हजार ८ सय ९४ कित्ता शेयर किनबेच भएको छ।

यस्तै, आइतबार ४ अर्ब ९ करोड ७ लाख ६५ हजार ३ सय २५ को कारोबार भएको छ। कारोबारमा रहेका सबै समूहको परिसूचक ओरालो लागेको छ। यसमध्ये वित्त, व्यापार, लगानीसहितका क्षेत्रमा रहेका कम्पनीको मूल्यमा सबैभन्दा धेरै घटेको छ।

साताको अन्तिम दिन बिहीबारको सूचक ४९.०४ अंकले घटेर परिसूचक २५ सय ८४.६१ बिन्दुमा रोकिएको थियो। बिहीबार ३ अर्ब ४१ करोड ३५ लाख ८९ हजार १२६ रुपैयाँको सेयर किनबेच भएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.