|

काठमाडौं : अन्तरराष्ट्रियस्तरमै चर्चा कमाएको नेपाली फिल्म 'डाइङ क्याण्डल' युट्युबमा सार्वजनिक भएको छ। नरेशकुमार केसीको लेखन तथा निर्देशन रहेको फिल्म पाँच दिनअघि युट्युबमा सार्वजनिक गरिएको हो। 

रविन आचार्य, विमल सुवेदी र उत्तम केसीको संयुक्त निर्माणमा बनेको फिल्ममा सिर्जना सुब्बा, लाक्पा सिंगी तामाङ, अर्पण थापा लगायतका कलाकारको मुख्य भूमिका रहेको छ।

क्विन्स वर्ल्ड फिल्म फेस्टिभलमा उत्कृष्ट सिनेम्याटोग्राफी, उत्कृष्ट न्यारेटिभ फिचर र उत्कृष्ट अभिनेत्रीको मनोनयनमा परेको फिल्मले सिनेम्याटोग्राफी तर्फको अवार्ड पाएको थियो। साथै 'डाइङ क्याण्डल'लाई २०१६ को सिने भिर्दे फिल्म फेस्टिभलमा पिस अवार्ड दिइएको थियो। 

यतिवेला फिल्म युट्युब ट्रेण्डिङमा पनि रहेको छ। नौ लाखभन्दा बढी पटक हेरिएको फिल्मलाई दर्शकले उत्साहजनक प्रतिक्रिया दिएका छन्। फिल्ममा निर्देशक तथा कलाकारको काम तारिफयोग्य रहेको दर्शकले बताएका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.