|

विराटनगर : नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत प्रदेश १ सभापतिमा संस्थापनइतर पक्षका गुरुराज घिमिरेले अग्रता कायम राखेका छन्।

४ सय मत गन्दा घिमिरेले २ सय १२ मत प्राप्त गरेका छन्। संस्थापन पक्षका उम्मेवार उद्धव थापा १ सय ७५ मतसहित घिमिरेलाई पछ्याउँदै छन्। 

अन्य पदाधिकारीमा कसको मत कति ?

उपसभापतिमा रमेशजङ्ग रायमाझीले १ सय ८६ मत पाउँदा टङ्कप्रसाद राईले १ सय ८१ मत, गोविन्द ढुङ्गानाले १ सय ७० र विश्वनाथ रिजालले १ सय ६९ मत पाएका छन्।

महामन्त्रीका उम्मेदवार उमेश थापाले १ सय ९५ मत र दीपेनकुमार श्रेष्ठले १ सय ८५, भूपेन्द्र राईले १ सय ८० र पदमसुन्दर पालुङवाले १ सय ६६ मत पाएका छन्।

सहमहामन्त्री महिलातर्फ सीता कार्कीले १ सय ८८ र प्रमिलाकुमारी गच्छदारले १ सय ७५ मत पाएका छन्।

सहमहामन्त्री पुरुषतर्फ खड्ग फागो २ सय २७ मत, वीरकाजी राई १ सय ५८, विनोदकुमार बस्नेत १ सय ६८, रोहितकुमार साह १ सय ५१ र शुभचन्द्र राईले १४ मत पाएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.