|

काठमाडौ : लेखक तथा पत्रकार राजन कार्कीद्वारा लिखित कृति ‘ज्वालामुखीमाथिको देश’ आइतबार राजधानीमा आयोजित एक समारोह बिच लोकार्पण गरियो। 

सीमाविद् बुद्धिनारायण श्रेष्ठ पुराना राजनीतिकर्मी दीर्घराज प्रसाईं प्रा डा सुरेन्द्र केसी वरिष्ठ पत्रकार ध्रुवहरि अधिकारी, शास्त्रदत्त पन्त, पत्रकार एवं कलाकार राम प्रसाद खनाल र अवकाशप्राप्त जर्नेल प्रेमसिं बस्नेत लगायत अग्रजहरूका हातबाट सार्वजनिक गरिएको सो कृतिमा करिब पाँच दर्जन सामयिक लेखहरू समेटिएको छ। 

लेखक तथा बरिष्ठ पत्रकार कार्कीले इतिहास प्रति गौरव वोध गराउँदै भ्रष्टाचार महँगी सीमा समस्या अर्थतन्त्र बेरोजगारी राजनीतिक अन्योल न्यायिक विसंगती बारे कडा अभिव्यक्ति दिएका छन्।

देशमा विद्यमान विकृतिहरूमाथि आमरुपमा कदम चाल्नु पर्ने उल्लेख गर्दै लेखकले मूलत अहिलेको राजनीतिक नेतृत्वको विकल्प खोज्नु पर्ने उल्लेख गरेका छन्। यसका लागि उनले युवाहरुलाई अग्रसर हुन आह्वान गरेका छन्।

लेखक कार्कीको यो आठौं मौलिक कृति हो भने उनका विभिन्न बिषयमा लेखिएका आधा दर्जन अनूदित कृति प्रकाशित भैसकेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.