|
फाइल फोटो

काठमाडौं : रुसका राष्ट्रपति भ्लादिमिर पुटिन भारत आउने भएका छन्।   भारत—रुस वार्षिक सम्मेलनमा सहभागी पुटिन भारत आउन लागेका हुन्। 

उनलाई भारतीय प्रधानमन्त्री मोदीले विमानस्थलमा स्वागत गर्ने छन्। राष्ट्रपति पुटिन र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीका बीचमा भेटवार्ता पनि हुने छ। 

उनीहरूका बीचमा सन् २०१९ पछि पहिलोपटक भेटवार्ता हुने भएको हो।  यसअघि प्रधानमन्त्री मोदी र राष्ट्रपति पुटिनका बीचमा सन् २०१९ को नोभेम्बरमा ब्रासिलियामा भएको ब्रिक सम्मेलनका क्रममा भेटवार्ता भएको थियो।

भारत भ्रमणका क्रममा राष्ट्रपति पुटिनले भारतीय उच्च अधिकारीहरूसँग भेटवार्ता गर्ने र दुई पक्षीय हित, साझा चासो र सरोकारका विषयमा छलफल गर्ने जनाइएको छ। 

त्यसैगरी आपसी सहकार्य बढाउने र दुई पक्षीय सम्बन्धलाई थप मजबुद बनाउने बारेमा पनि छलफल हुने भारतको विदेश मन्त्रालयले जनाएको छ।

२१ औँ भारत–रूस बार्षिक सम्मेलनमा सहभागी हुन उहाँ आउनुहुने भएको हो र सो अवसरमा भारतीय उच्च अधिकारीहरूसँग भेट्ने कार्यक्रम समेत रहेको छ 

रुस र भारतले हरेक वर्ष यस्तै वार्षिक सम्मेलन गर्दै आएका छन्। यसअघि सन् २०२० मा कोरोना महामारीका कारण सम्मेलन हुन सकेको थिएन भने सन् २०१९ को वार्षिक सम्मेलन रुसमै भएको थियो। त्यतिबेलाको सम्मेलनका लागि भारतीय प्रधानमन्त्री मोदी रुस गएका थिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.