|

बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिसलाई प्रहरीले देश छोडेर बाहिर जान रोक लगाएको छ। 

२ सय करोड ठगीको आरोपित सुकेश चन्द्रशेखरसँगको सम्बन्धका कारण ज्याकलिनलाई आइतबार मुम्बईको छत्रपति शिवाजी महाराज अन्तर्राष्ट्रिय विमानस्थलमा रोकेको हो। 

भारतीय सञ्चार माध्यमका अनुसार उनी सलमान खानको ‘द–बैंग टुर’का लागि साउदी रियाद उड्ने तयारीमा थिइन्। 

केही समयअघि आरोपित चन्द्रशेखरसँगको फोटो सार्वजनिक भएपछि ज्याकलिन यो केसमा मुछिएकी थिइन्। ज्याकलिन पनि प्रत्यक्ष रूपमा ठगीमा संलग्न भएको हुन सक्ने शंका प्रहरीले गरेको छ। यो विषयमा ज्याकलिनले भने केही भनेकी छैनन्। 

मिस युनिभर्स श्रीलंकासमेत रहेकी ज्याकलिन सन् २००९ मा प्रदर्शन भएको फिल्म 'अलादिन'बाट बलिउडमा प्रवेश गरेकी थिइन्। 'राम सेतु', 'बच्चन पाण्डे', 'सर्कस' उनका प्रदर्शन हुन बाँकी फिल्म हुन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.