|

काठमाडौं : नेपाली कांग्रेसको एक नम्बर प्रदेश अधिवेशनमा सभापतिका उम्मेदवार गुरुराज घिमिरे पराजित भएपछि नेता शेखर कोइरालाले माफी मागेका छन्। 

आफ्नै प्यानलका घिमिरे दुई मतले मात्रै पराजित भएपछि उनले सामाजिक सञ्जालमा लेख्दै माफी मागेका हुन्। उनले केन्द्रीय सदस्यहरुले प्रदेशको चुनावमा मतदान गर्न पाउने/नपाउने भन्नै अन्योलका कारण घिमिरेलाई मतदान गर्न नसकेको उल्लेख गरेका छन्।

उनले यस विषयमा स्पष्ट नभई प्रदेश अधिवेशनमा मतदान प्रक्रियामा सहभागी हुँदा भविष्यमा जटिलता आउन सक्ने पनि बताएका छन्।

‘कांग्रेस १४ औँ महाधिवेशनमा प्रदेशसम्म केन्द्रीय नेताहरुले मतदान गर्न पाउने/नपाउने विषय सुरुदेखि नै ‘संशय’ थियो। कानुनी परामर्शबाट मतदान गर्दा भविष्यमा जटिलता आउन सक्ने बुझियो। तसर्थ मतदान नगर्नु उपर्युक्त ठानेँ। उनले ट्वीटरमा लेखेका छन् यसक्रममा मबाट भएको कमजोरीप्रति सचेत रहँदै गल्ती भए क्षमाप्रार्थी छु।’

आज विहान सार्वजनिक मत परिणाम अनुसार घिमिरे संस्थापन पक्षका उद्धव थापासँग २ मतले पराजित भएका थिए। यद्यपी घिमिरेले पुन: मतगणनाको माग गरेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.