|

काठमाडौं : साताको दोस्रो दिन सोमबार एक समय ७३ अंक सम्म घटिसकेको सेयर बजार अन्तत ३२ अंकले बढेर बन्द भएको छ।

यस्तै बजार हरियो हुनु अघि भने चार पटक रातो र चार पटक हरियो भएको थियो। बजार बन्द हुँदा नेप्से परिसूचक दुई हजार ५४६ बिन्दुमा रोकिएको छ। आज २२७ कम्पनीको सेयर कारोबारमा आउँदा २५ कम्पनीको मूल्य घटेको छ।

बाँकी सबै कम्पनीको सेयर मूल्य बढेको छ। सुरुवातमा भने पाँच कम्पनीको मूल्य बढ्दा बाँकी सबै कम्पनीको सेयर मूल्य घटेको थियो। आज मेरो माइक्रोफाइनान्स र एक्सेल डेभलपमेन्ट बैंकको सेयर मूल्य करिब १० प्रतिशत बढेको छ।

जनउत्थान लघुवित्तको सर्वाधिक ६ प्रतिशतले मूल्य घट्दा न्यादी हाइड्रोपावरको ४ प्रतिशत र युनिलिभर नेपालको २ प्रतिशत मूल्य घटेको छ।

नबिल बैंकको सर्वाधिक १७ करोड रुपैयाँको सेयर किनबेच हुँदा नेशनल हाइड्रोपावरको १५ करोड, हिमालयन डिष्टिलरी र महालक्ष्मी विकास बैंकको समान १४ करोड रुपैयाँको कारोबार भएको छ।

एक समय सबै उपसमुह राताम्मे भएको बजारमा अन्तिममा भने सबै उपसमूह हरियो भएका छन्। विकास बैंक र जीवन बीमा समूहको सूचक एक सय अंक भन्दा धेरै बढेको छ। आज ७० हजार कारोबारबाट ९५ लाख कित्ता सेयर चार अर्ब ५४ करोड रुपैयाँमा किनबेच भएका छन्।

विकास बैंक समूह सर्वाधिक ३.४५ प्रतिशतले उकालो लागेको छ। जलविद्युत समूह २.८८ प्रतिशतले बढेको आज बैंकिङ समूहमा ०.७६ प्रतिशत, व्यापार समूहमा ०.१५ प्रतिशत, होटेल तथा पर्यटन समूहमा १.३९ प्रतिशत, जलविद्युत समूहमा २.८८ प्रतिशत, वित्त समूहमा २.५४ प्रतिशत, निर्जीवन बीमा समूहमा ०.२३ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा १.०६ प्रतिशत, अन्य समूहमा १.६१ प्रतिशत, लघुवित्त समूहमा १.३५ प्रतिशत, जीवन बीमा समूहमा ०.९२ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.१ प्रतिशत र लगानी समूहमा ०.८६ प्रतिशतले वृद्धि भएको छ। 

धेरै कारोबार गर्ने कम्पनीहरू

आज नेप्सेमा सूचीकृतमध्ये २२७ कम्पनीका ९४ लाख ७१ हजार ३११ कित्ता सेयर ४ अर्ब ५४ करोड २३ लाख ४५ हजार २७१.३६ रुपैयाँमा किनबेच भएका छन्।आजन नबिल बैंकको सर्वाधिक १५ करोड १५ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

नेसनल हाइड्रोपावरको १५ करोड ३२ लाख रुपैयाँबराबरको कारोबार भएको आज हिमालयन डिस्टिलरीको १४ करोड ९७ लाख रुपैयाँ, महालक्ष्मी विकास बैंकको १४ करोड ४५ लाख रुपैयाँ, नेपाल टेलिकमको १३ करोड ९२ लाख रुपैयाँ, अपी पावरको १३ करोड २१ लाख रुपैयाँ, नेपाल बैंकको १२ करोड ४५ लाख रुपैयाँ, अरुण भ्याली हाइड्रोपावरको ११ करोड ५७ लाख रुपैयाँ, अरुण काबेली पावरको ११ करोड ३९ लाख रुपैयाँ र अपर तामाकोशीको ११ करोड ३६ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

धेरै कमाउने र धेरै गुमाउने

आज २ वटा कम्पनीको सेयरमूल्यमा पोजिटिभ सर्किट लागेको छ। मेरो मोइक्रोफाइनान्सको सेयरमूल्यमा १० प्रतिशत तथा एक्सेल डेभलपमेन्ट बैंकको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजिटिभ सर्किट लागेको हो।

आज जनउत्थान सामुदायिक लघुवित्तको सेयरधनीहरूले सर्वाधिक गुमाए। यो लघुवित्तको सेयरमूल्य ७ प्रतिशतको हाराहारीमा ओरालो लागेको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.