|

काठमाडौ : नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा नेता भीष्मराज आङ्देम्बेले सह–महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका छन्।

आज राजधानीमा पत्रकार सम्मेलन गरी केन्द्रीय सदस्यसमेत रहेका आङ्देम्बेले सह–महामन्त्री आदिबासी-जनजाती)पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन्।

नेता आङ्देम्बेले नेपाली कांग्रेस पार्टीलाई चुस्त र दुरुस्त बनाउदै २१औं शताब्दीको पार्टीमा रुपान्तरित गरी युवा उमेर र सोचहरूलाई नेतृत्व गराउन सक्ने पार्टीमा रुपान्तरित गर्ने गरी आफूले उक्त पदमा उम्मेदवारी दिन लागेको जनाए।

आदिवासी-जनजातीको तर्फबाट आफ्नो उम्मेदवारी रहेको उनले बताए। कार्यक्रममा आङ्देम्बेले समावेशी र सहभागितामूलक लोकतन्त्रलाई सार्थक बनाउन वर्तमान संविधानको रक्षा गर्दै यसको इमान्दारीपूर्वक कार्यान्वयन गर्न नेपाली कांग्रेसलाई सबल र एकताबद्ध बनाउन आफूले पहल गर्ने पनि दाबी गरे।

आङ्देम्बेले पार्टीलाई वैचारिक रुपमा स्पष्ट, सांगठनिक रुपमा गतिशील र भावनात्मक रुपमा एकतावद्ध अनि अनुशासित र प्रशिक्षित कार्यकर्ताको उर्जाशील अभियानका रुपमा विकास गर्ने पनि प्रतिवद्धता जनाए।

लोकतन्त्रमाथिको चुनौति र खतरालाई सामना गर्नसक्ने, भ्रष्टाचार र पक्षपातको विरुद्ध सशक्त हुने तथा मुलुकमा कानुनी शासन र सुशासन प्रदान गर्दै राजनीतिक स्थायित्व प्रदान गर्न सक्षम पार्टीको रुपमा कांग्रेसलाई आम युवापुस्ता र नेपाली समाजको प्रतिनिधि शक्तिका रुपमा सबल बनाउने उनको योजना छ।

पार्टीको सदस्यता प्रणालीलाई व्यवस्थित र आकर्षक बनाउँदै पार्टीको समग्र संगठन र हरेक तहको नेतृत्वमा स्वच्छता, न्याय र विवेकको वातावरण निर्माण गर्ने पनि उनको अर्को योजना छ। 

समाजमा द्वन्द्व र असन्तोष अवस्थाको उचित सम्वोधन गरी दिगो शान्ति कायम गर्दै संविधानको सुधार र संशोधन गर्न, संविधानप्रतिको आम अपनत्वको अवस्था सबल पार्न कांग्रेसको राजनीतिक अगुवाई गर्नेलगायत उनले चुनावी एजेन्डा अघि सारेका छन्।

कांग्रेसको १४ औं महाधिवेशन मंसिर २४ गतेदेखि काठमाडौंमा हुँदैछ। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.