|

झापा : नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले झापाको दमकमा समाजवादीले कार्यक्रम गर्दा कसै कसैको पसिना छुटेको बताएका छन्।

एमाले अध्यक्ष केपी शर्मा ओलीको गृह नगर दमकमा सोमबार नेपाल खेलकुद महासंघ समाजवादी प्रदेश १ स्तरीय भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले दमकमा समाजवादीले कसरी कार्यक्रम गर्ने आट गर्यो ? कतिको मान्छे भेला होला ? भन्ने सुनेको थिए।

‘तर, हल र हल बाहिर कार्यकर्ताको उल्लेख्य उपस्थिति देख्दा मन्द खुसी भएको छु,’ ओलीप्रति व्यङ्ग्य गर्दै नेपालले भने। एमाले पार्टीले बाटो बिराएको भन्दै उनले एउटा व्यक्तिको मुठ्ठीमा पार्टी गएको र विचार, सिद्धान्त, आदर्श र संस्कारहीन भएको टिप्पणी गरे। ‘एमाले गुटको आधारमा चल्न थाल्यो।

त्यहाँ लोकतन्त्र छैन, त्यहाँ छलफल र परामर्श हुँदैन। ‘त्यसको परिणाम हामीले चितवनमा देख्यौँ,’ उनले भने, ‘चितवनमा देखिएको कुम्भ मेला, त्यसपछि देख्यौँ तमासा, त्यहाँ एउटा व्यक्तिको हातमा सबै अधिकार, सामूहिकताको समाप्ती भयो, यो सबै अवस्था हामीले पहिलै नै महसुस गरेकाले नयाँ पार्टी बनाएका हौँ।’

आफ्नो पार्टीलाई विचार र सिद्धान्तमा केन्द्रित बनाएर जनताको माझ लैजाने भन्दै नेपालले एक वर्षभित्र प्रदेश १ कै पहिलो पार्टी बनाउने दाबी गरे। उनले एमालेको सूर्यमा ग्रहण लागि सकेको बताए।

‘सूर्यलाई चुनौती दिन आएको छ कलम। कमलमा शक्ति र ताकत हुन्छ, कलमले न्यायको आवाज उठाउँछ, सत्य कुरा भन्ने गर्दछ, अन्तमा मानिसहरू सत्यको पछाडि उभिन्छन् र सत्यको जित अवश्य हुन्छ,’ उनले भने, ‘अब भविष्य छ भने यही पार्टीको छ, अरू बाँकी पार्टीको पत्तासाफ हुने वाला छ,’ उनले थपे।

नेपालले राष्ट्रियसभादेखि आउने तीनै तहको निर्वाचनमा पनि कुरा मिल्ने र सहमति गर्नेहरूसँग समन्वय र सहकार्य गर्ने बताए। 
  
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.