धनुषा : जनकपुरधाममा सप्ताहव्यापीरूपमा मनाइने रामसीता विवाहपञ्चमी अन्तर्गत आज मटकोर महोत्सव मनाइँदैछ।
आज पाँचौ दिन गंगासागर पोखरीमा मटकोर कार्यक्रम हुुँदैछ। त्रेतायुगमा भगवान श्रीराम र सीताको विवाह भएको सम्झानामा जनकपुरधाममा प्रत्येक वर्ष विवाहपञ्चमी महोत्सव मनाइन्छ।यसअघि हिजो तिलकोत्सव सम्पन्न भएको छ।
त्रेतायुगमा मिथिलाका राजा जनक र अयोध्याका भगवान् श्री रामका बुबा राजा दशरथबीच भएको सम्धी मिलनको दिनलाई स्मरण गर्दै विवाहपञ्चमीको चौथो दिन तिलकोत्सव मनाइने गरिन्छ।
तिलकोत्सवमा दुलही पक्षको प्रतिनिधित्व गर्दै जानकी मन्दिरका छोटे महन्थ दासले पाहुर ‘भार’ दुलहा पक्षका प्रतिनिधित्व गरेका राम मन्दिरका महन्थ गिरीलाई हस्तान्तरण गरी सम्धी मिलन गरेका थिए।
भोलि छैटौँ दिन विवाहपञ्चमीको मुख्य दिन जानकी मन्दिरमा वैवाहिक कार्यक्रम हुनेछ।
यसअघि नगर दर्शन, फूलबारी लीला तथा धनुष यज्ञ सम्पन्न भइसकेको छ। सातौँ अर्थात् अन्तिम दिन बिहीबार रामकलेवा विधि सम्पन्न भएसँगै यस वर्षको विवाहपञ्चमी विधिवतरुपमा सम्पन्न हुनेछ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।