|

झापा : झापामा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बुद्धशान्ति गाउँपालिका-२ का ३५ वर्षीय भीमप्रसाद पौडेल रहेको प्रहरी कार्यालय झापाका डिएसपी वसन्त पाठकले जानकारी दिए।

प्रहरीका अनुसार पूर्वपश्चिम राजमार्गअन्तर्गत मेचीनगर नगरपालिका-१२ मा सोमबार राति पौने ९ बजे को १ त ४०१६ नम्बरको ट्याक्टर बिग्रेर सडक किनारमा रोकी राखेको र मे ९ प ६००३ नम्बरको मोटरसाइकलले सोही ट्याक्टरलाई पछाडि आएर ठक्कर दिँदा दुर्घटना भएको थियो।

दुर्घटनामा परी मोटरसाइकलचालक पौडेललाई उपचारका लागि बिर्तासिटी अस्पताल बिर्तामोड लगिएको र उपचारका क्रममा उनको राति ११ बजे मृत्यु भएको डिएसपी पाठकले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.