|

काठमाडौं : युरोपियन च्याम्पियन्स लिग फुटबलमा आज समूह चरणको अन्तिम खेलमा स्पेनिस जाइन्ट रियल म्याड्रिडले इटालियन क्लब इन्टर मिलानको सामना गर्दै छ।

रियलको घरेलु मैदान सान्टियागो बेर्नाबेउमा हुने खेल नेपाली समय अनुसार राति पौने २ बजे सुरु हुने छ।

समूह डी अन्तर्गत हुने यो खेल दुवै टिमका लागि निकै महत्वपूर्ण छ।

यसअघि नै नकआउट चरणमा पुगिसकेका दुवै टिमबीचको खेलमा जसले जित्छ, त्यो टिम समूह विजेता बन्दै अन्तिम १६ मा प्रवेश गर्नेछ।

समूहमा रियलले ५ खेलमा १२ अंक बनाएको छ भने इन्टरको १० अंक छ। समूह विजेताका लागि रियललाई बराबरी पर्याप्त हुँदा इन्टरलाई भने जित अत्यावश्यक छ।

इन्टरले सन् २०११–१२ को सिजनपछि च्याम्पियन्स लिगको नकआउट चरणमा पुगेको हो। यसअघि समूह चरणमा नै इन्टरको घरेलु मैदानमा भएको खेलमा इन्टर एक–शून्यले पराजित भएको थियो।

च्याम्पियन्स लिगको समूह चरणमा रियल पछिल्ला ११ खेलमा अपराजित छ। उसले १० खेलमा जित निकाल्दा एक खेल बराबरी खेलेको छ।

इन्टरले अघिल्लो खेलमा साख्तर डोनेस्कसँग २-० को जित निकालेको थियो।

प्रतियोगिताअन्तर्गत आज राति नै पोर्टोले एट्लेटिको मड्रिडसँग खेल्नेछ भने पिएसजीले क्लब ब्रुग्ससँग खेल्नेछ। पिएसजीले यसअघि नै नकआउट चरणमा स्थान बनाइसकेको छ।

अघिल्लो खेलमा पिएसजी म्यानचेस्टर सिटीसँग २-१ गोलले पराजित भएको थियो। क्लब ब्रुग्स अघिल्लो खेलमा लाइपजिगसँग ५-० को ठूलो अन्तरले पराजित भएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.