|

विराटनगर : नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेको सम्पत्ति केपी ओली समूहले एकलौटी हडपेको आरोप लगाएका छन् ।

मंगलबार नेकपा (एकीकृत समाजवादी) इटहरी उपमहानगर कमिटीको पार्टी कार्यालय निरीक्षणका क्रममा बोल्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् । उक्त सम्पत्तिमा आफूहरुको समेत भाग लाग्ने दाबी गर्दै उनले कानुनी प्रक्रिया अनुसार हकदावी गर्ने समेत बताए ।

अध्यक्ष नेपालले जोड्दै जाने हो भने अरब पुग्ने भौतिक सम्पत्ति रहेको बताउँदै भने,‘नगदहरू पनि छ, ती सबै खोसेर लगेका छन्, उनैले कब्जा गरेका छन् ।’ उनले थपे, ‘तर पनि केही भएको छैन, फेरि आर्जन गरौंला ।’

उक्त सम्पत्तिमा हक लाग्छ भने त्यसका लागि कानुनी उपायहरू खोज्ने बताउँदै अध्यक्ष नेपालले पार्टीलाई व्यवस्थित बनाउनुछ भने कार्यलय अपरिहार्य रहेको बताए ।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.