|
कर्णाटकको जय किसान क्याम्पमा स्कुल नजिकै रहेको शौचालय। रोयटर्स

भारतका ३८ हजार ४०८ स्कुल र २ लाख ८६ हजार ३१० आँगनवाडी केन्द्रमा शौचालय नभएको भारतीय मन्त्रीले बताएका छन्।

जल शक्ति राज्यमन्त्री प्रह्लाद पटेलले भारतीय राज्यसभामा उक्त जानकारी दिएका हुन्। तीमध्ये महाराष्ट्रमा ५३ हजार ४९६‚ उडिसामा ४० हजार ४४४, राजस्थानमा २९ हजार ०९८ र असममा २२ हजार ८१९ भएको उनले बताए।

भारतमा आमा र ६ वर्षसम्मका बालबालिकाको हेरचाह गर्ने केन्द्रलाई आँगनवाडी भनिन्छ।  

उनले भारतभर २ लाख ८५ हजार १०३ स्कुलमा हात धुने सुविधा नभएको जानकारी दिएका छन्।

मन्त्रीले अगस्ट २०१९ देखि जल जीवन मिशन सुरु गरिए पनि उचित व्यवस्थापन गर्न नसकिएको स्वीकार गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.