|

जाजरकोट : उपल्लो डोल्पामा हिमपात भएपछि डोल्पोबुद्ध गाउँपालिका–१ ‘धो’ गाउँका घरहरू हिउँले डुबेका छन्।

हिउँले घरहरू ढाकिएको दृश्य मौसम खुलेसँगै चाँदीझैं टलक्क टल्किएका छन्।

पशुचौपायाहरू हिउँ परेपछि चिसोले कठांग्रिएका छन्। दुनैबाट धो हुँदै सिमेन, तिन्जे र मरिम्लालगायत ठाउँ जाने बाटोसमेत अवरुद्ध भएका छन्।

खाद्यान्नलगायत अन्य सामाग्री ढुवानी गर्नेदेखि सर्वसाधारणहरू आवतजावत गर्ने बाटोसमेत अवरुद्ध भएको स्थानीयले बताएका छन्। 


 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.