|

काठमाडौं : नेपाल धितोपत्र बोर्डका पूर्वअध्यक्ष भीष्मराज ढुंगानाको मुद्दामा सर्वोच्च अदालतले सरकारलाई कारण देखाऊ आदेश जारी गरेको छ।

सर्वोच्चले सरकारलाई कारण देखाऊ आदेश दिँदै बोर्डका तत्कालीन अध्यक्ष ढुंगानालाई बर्खास्त गर्नुको कारण सोधेको छ।

न्यायाधीश तेजबहादुर केसीको इजलाशले कारण देखाउ आदेश जारी गर्दै ढुंगानालाई बर्खास्त गर्नुको कारण सोधेको हो।

ढुंगानाले आफूलाई गैरकानुनी रुपमा पदबाट हटाएर अन्याय गरेको भन्दै पुनर्वहाली गरि पाउँ भन्दै कात्तिक ७ गते सर्वोच्चमा रिट हालेका थिए।

तर सर्वोच्चले ढुंगानाको मागअनुसार अन्तरिम आदेश भने दिएन।

अर्थ मन्त्रालयको सिफारिसमा असोज १९ को मन्त्रिपरिषद्को बैठकले ढुंगानालाई बर्खास्त गरेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.