कञ्चनपुर : भीमदत्त नगरपालिका–४ स्थित सडक क्षेत्रबाट प्रहरीले आज बेवारिसे अवस्थाको स्कार्पियो कार बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहका अनुसार भारतबाट चोरी निकासी गरी ल्याइएको १० लाख रुपैयाँको युए ०६ जी ६३१२ नम्बरको स्कार्पियो कार बेवारिसे अवस्थामा बरामद गरिएको छ।
बरामद कारलाई भन्सार कार्यालय गड्डाचौकीमा बुझाइएको उनले बताए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।