|

काठमाडौं : स्पेनिस क्लब रियल म्याड्रिड समूह डि को विजेता बन्दै नकआउटमा स्थान बनाउन सफल भयो। सर्वाधिक १३ पटकको च्याम्पियन रियलले समूह चरणको अन्तिम खेलमा इटालियन क्लब इन्टर मिलानलाई २-० ले पराजित गर्दै विजेता बन्न सफल भयो।

खेलको दोस्रो हाफमा १० खेलाडीमा सिमित इन्टर मिलान भने पराजयका बाबजुत समुह उप-विजेताका रुपमा नकआउटमा प्रवेश गर्‍यो। रियल १५ अंकका साथ समुह विजेता बन्दा इन्टरले १० अंकका साथमा दोस्रो स्थानमा रह्यो।

रियलको जितमा टोनी क्रुसले १७ औ मिनेटमा पहिलो गोल गरेका थिए। त्यसपछि अधिकांश समय गोलरहित भएपनि इटालियन क्लब ६४ औ मिनेटमा १० खेलाडीमा सिमित भयो।

बरेला रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि दबाबमा परेको थियो। रियलले ७९ औ मिनेटमा असेनसियोको गोल मार्फत ७९ औ मिनेटमा अग्रता दोब्बर बनायो। समुहचरणबाटै बाहिरिएका शख्तर डोनेस्क र सेररिफ टिरसपोलले भने १-१ गोलको बराबरी खेले।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.