|

काठमाडौं : च्याम्पियन्स लिग फुटबलमा समूहचरणको अन्तिम खेलमा लिभरपुलले आफ्नो निरन्तर जितयात्रा जारी राख्दै समुह चरण अन्त गर्दा समुह बि कै अर्को खेलमा एट्लेटिको म्याड्रिडले नकआउटमा स्थान बनायो। निर्णायक खेलमा एट्लेटिकोले पोर्टोलाई ३-१ ले पाखा लगायो। समुहमा अपराजित रहने क्रममा लिभरपुलले भने एसि मिलानलाई २-१ ले हरायो।

सबै  ६ खेल जितेसँगै लिभरपुल च्याम्पियन्स लिगको समूह चरणका सबै खेल जित्ने पहिलो इंग्लिस क्लब बनेको छ। इटालीमा प्रशिक्षक जर्गेन क्लोपले ८ खेलाडी परिवर्तन गरेका थिए। यसअघिनै लिभरपुल समुह विजेताका रुपमा नकआउटमा स्थान बनाइसकेको थियो। तर सिरी ए विजेता मिलान भने पुछारमा रहेर प्रतियोगिताबाट बाहिरियो। नकआउटमा स्थानको संभावनाका लागि जित्ननै पर्ने खेलमा मिलानले टोमोरीको गोलबाट २९ औ मिनेटमा अग्रता लिएको थियो। तर मोहमद्ध सलाहले ३६ औ मिनेटमा मिनेटमा खेल बराबरीमा ल्याए। लिभरपुलका लागि विजयी गोल भने ५५ औ मिनेटमा ओरिगिले गरे।​

अन्तिम जितले एट्लेटिको नकआउटमा

समूहमा १८ अंक बनाएर लिभरपुल एक खेल अगावै समुह विजेता बन्दा नकआउट पुग्ने दोस्रो टिमको तय हुन सकेको थिएन। तर अन्तिम खेलमा एट्लेटीको म्याड्रीडले ५ अंक बनाएर नकआउट आशा बनाएको पोर्टोलाई २-१ ले पराजित गरेसँगै स्पेनिसल क्लब ७ अंकका साथ नकआउटमा पुग्न सफल रह्यो। विवादास्पद बनेको खेलमा तीन खेलाडीले रातो कार्ड पाएका थिए। खेलमा ९० मिनेट पछि तीन गोल भएको थियो।

यद्धपी सुरुवाती अग्रता बने ग्रिजम्यानको गोलमार्फत एट्लेटिकोले ५६ औ मिनेटमा लिएको थियो। तर कारस्कोले ५६ औ मिनेटमा रातो कार्ड खाँदा एट्लेटिको १० खेलाडीमा समेटियो। तर ७० र ७५ औ मिनेटमा पोर्टोका वेन्डेल र मारचेसिन रातो कार्ड खाँदै मैदानबाट बाहिरिंदा पोर्टो ९ खेलाडीमा सिमित भयो।

खेलमा दोस्रो गोल ग्रिजम्यानकै पासलामा जोकिन कोरीले ९०  औ मिनेटमा गरे। लगत्तै अतिरिक्त समयमा डे पउलले टिमका लागि तेस्रो गोल गर्दा अतिरिक्त समयकै पेनल्टीमा ओलिभेराले गोल गर्दा पोर्टो १ गोल फर्काउन सफल भयो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.