|

काठमाडौं : युरोपियन च्यामपियन्स लिगमा केलिएन एम्बाप्पे सर्वाधिक कम उमेरमा ३० गोल गर्ने खेलाडी बनेको खेलमा पिएसजीले समूह चरणको सुखद अन्त गरेको छ। मंगलबार राति भएको खेलमा पिएसजीले क्लब बर्गलाई ४-१ ले पराजित गर्‍यो।​

पिएसजीको जितमा एम्बाप्पे र मेस्सीले समान २-२ गोल गरे। समूहकै अर्को खेलमा शिर्ष स्थानको म्यानचेस्टर सिटी भने आरबि लेइपजिङसँग २-१ ले पराजित भयो। पराजयको बाबजुत सिटी शिर्ष स्थानमा कायम छ।

घरेलु मैदानमा पिएसजी यस अघिनै नकआउटमा स्थान बनाइसकेका कारण बिना दबाब मैदानमा थियो। समुहमा दोस्रो स्थानमा रहँदै नकआउट पुगेको पिएसजी सिटीको हारका बाबजुत शीर्ष स्थानमा पुग्न भने सकेन। समुह ए मा सिटी १२ अंकका साथ शिर्ष स्थानमा रहँदा ११ अंक जोडेको पिएसजी दोस्रो स्थानमा रह्यो।

७ मिनेट भित्रै दुई गोल गर्दै एम्बाप्पेले घरेलु टोलीलाई सुरुवातमा नै लयमा ल्याएका थिए। एम्बाप्पेले खेलको दोस्रो मिनेटमा नै नुनो मेन्डीसको प्रहार गोलरक्षकले छेक्दा पाएको रिबाउन्डलाई सदुपयोग गर्दै पहिलो गोल गरेका थिए।

पाँच मिनेटपछि नै उनले एन्जल डि मारियाको पासलाई सदुपयोग गरे। पहिलो हाफमानै ३ गोलको अग्रता बनाउने क्रममा एम्बाप्पेकै पासलाई मेस्सीले ३८ औ मिनेटमा सदुपयोग गरे।

पहिलो हाफमा ३-० को अग्रता बनाएको पिएसजीले दोस्रो हाफमा थप गोल गर्‍यो। यद्यपि ६७ औ मिनेटमा पाहुना टोली क्लब बर्गले माट्स रिट्सको गोल् मार्फतमा खेलमा फर्कने प्रयास गरे।

७६ औ मिनेटमा पिएसजीले पेनाल्टीमा अग्रता बनायो। मेस्सीलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि दिइएको पेनाल्टीलाई उनी आफैंले गोलमा परिणत गर्दै टीमलाई ४-२ को जित दिलाए।​

सिटीको हारबाट समूह चरण अन्त्य

म्यानचेस्टर सिटिले भने समूह चरणको अन्त हारबाट गरेको छ। कोभिड-१९ का कारण समर्थक बिना खेलाइएको खेलमा  आरबी लेइजिङले २-१ ले जित निकाल्यो।

सिटीविरुद्ध अग्रता बनाउने क्रमा लेइपजिङका डोमिनिक झोबोस्लले सुरुवाती अग्रता दिलाएका थिए। २४ औ मिनेटमा गोल गरेको लेइपजिङले दोस्रो गोल ७१ औ मिनेटमा आन्द्रे सिल्भाको गोलमार्फत लिएको थियो।

तर सिटीले खेलमा फर्कने प्रयास स्वरुप रियहाद महारेजको गोल मार्फत ७६ औ मिनेटमा पहिलो गोल फर्कायो तर त्यसपछि दुबै तर्फबाट थप गोल भएन्। ८२ औ मिनेटमा सिटी १० खेलाडीमा सिमित भएको थियो। केलि वाल्कर रेडकार्ड खाएर मैदानबाट बाहिरिएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.