|

म्याग्दी : नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटना सिकार आरक्षमा पहिलो सिकार याम सकिएको छ। यस याममा तीन झारल र नौ नाउरको सिकार भएको छ।

सिकार आरक्षको विभिन्न ब्लकमा नौ नाउर र तीन झारलको सिकार भएको सिकार आरक्ष कार्यालय ढोरपाटनले जनाएको छ।

पहिलो याममा पाँच कम्पनीमार्फत सिकार गरिएको हो। सिकारमा पुगेका विदेशी सिकारीले यसपटक निर्धारित कोटाभन्दा कम सिकार गरेका छन्।

पहिलो यामको लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले ६ वटा झारल र १० वटा नाउरको कोटा निर्धारण गरेको थियो।

यसपटक तीनवटा झारल र एक नाउरको सिकार हुन सकेनन्। एक झारल र एक नाउरको अनुमति प्राप्त गरे पनि अन्तिम समयमा रसियाली नागरिक इभिजिनी सिरोक्यो सिकारको लागि आएका थिए।

उनले हिमालयन वाइल्ड आउट फिटरमार्फत सिकार अनुमति लिएका थिए। व्यक्तिगत कारण देखाउँदै उनी सिकारको लागि नआएको हिमालयन वाइल्ड आउट फिटरका सञ्चालक शेरबहादुर बाइवाले जानकारी दिए।

उनले सुनदहमा एक नाउर र एक झारलको सिकार गर्ने अनुमति लिएका थिए।

यो सिकार याममा नेपाल ट्राभल्स एक्सपिडिसनमार्फत फ्रान्सेली नागरिक मार्लियर आन्द्रेले सेन ब्लकमा एक नाउर, ओभिन एन्टोनी नोयलले सेनब्लकमा एक नाउरको शिकार गरे पनि फागुने ब्लकमा एक झारलको सिकार गर्न उनी चुके।

हिमालयन सफारीमार्फत मेक्सिकन नागरिक फ्रान्सीको जोई भिजेकोनले सेन ब्लकमा एक नाउरको सिकार गरे। मेक्सिकन नागरिक कार्लोसले सेन ब्लवनमा एक नाउर मारे पनि झारल मार्न सकेनन्।

ट्याक एण्ड ट्राभल्सले दुई जना युक्रेनी नागरिकलाई सिकारमा लगेको थियो। सेरिया लरेन र नाटालियन लरेनले धुस्तुङ ब्लकमा दुई नाउर र एक झारलको सिकार गरे। ग्लोबल सफारीमार्फत दोगाडी ब्लवमा पुगेका स्पेनिस नागरिक जोएक्वाईन बेन्जिमेनले एक नाउरको सिकार गरेको ढोरपाटन सिकार केन्द्रका प्रमुख संरक्षण अधिकृत वीरेन्द्र कँडेलले जानकारी दिए।

स्पेनिस नागरिक मुगलले पनि सोही ब्लवकमा नाउरको सिकार गरेका थिए।

चे रिब्लिकन नागरिक रोमनले सुनदह ब्लकमा एक झारल र एक नाउरको सिकार गरेको ग्लोबल सफारीका सञ्चालक शमसेर पराजुलीले बताए।

ढोरपाटनमा सिकार गरेपछि अधिकांश सिकारीले मासु खाएर सिङ, खुर र छाला मात्रै आफ्नो देशमा लैजान्छन्। अन्तर्राष्ट्रिय तहमा हुने प्रतियोगितामा उनीहरूले सिङको प्रतिस्पर्धा गरेर ट्रफी जित्ने गरेका छन्।

सिकार अनुमति प्राप्त कम्पनीले १५ दिनको अवधिमा आरक्षबाट खटिएका कर्मचारीको प्रत्यक्ष निगरानीमा सिकार गर्न पाउँछन्। आरक्षलाई सुनदह, सेङ, दोगाडी, बार्से, फागुने, सुर्तीबाङ र घुस्तुङ गरी सात ब्लगमा विभाजन गरी सिकार खेल्न दिने व्यवस्था गरिएको छ।

ढोरपाटनमा रहेक वर्ष असोज–मंसिर पहिलो याम र फाल्गुन–वैशाख दोस्रो यामको सिकार हुने गर्छ। वर्षको दुई सिजनमा खुल्ने सिकार पर्यटन विशेष गरी विदेशी सिकारीहरु आउने गर्छन्।

ढोरपाटनमा घुम्नको लागि आन्तरिक पर्यटकहरु धेरै आउने गरे पनि विदेशी पर्यटक कम आउने गरेको पाइन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.