|

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टि राप्रपाकोनवनिर्वाचित केन्द्रीय समितिको पहिलो बैठक आज बस्दैछ। पार्टी केन्द्री यकार्यालय धुम्बाराहीमा दिउँसो साढे १२ बजेका लागि नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङदेनले बैठक बोलाएका केन्द्रीय सदस्य राजाराम श्रेष्ठले जानकारी दिए।

राप्रपाले बैठकलाई नवनिर्वाचित केन्द्रीय कमिटी सदस्यहरुबिच परिचयात्मक बैठक भनेको छ। बैठकमा निवर्तमान अध्यक्ष डा प्रकाशचन्द्र लोहनी, पशुपतिशमशेर राणा र कमलथापालाई पनि निमन्त्रणा गरिएको केन्द्रीय सदस्य श्रेष्ठले जानकारी दिए।

तर, नवनिर्वाचित अध्यक्ष लिङ्देनले बोलाएको केन्द्रीय कार्यसमितिको बैठक निवर्तमान अध्यक्ष थापा भने नजाने श्रेष्ठले बताए। थापाले पार्टीको महाधिवेशनमानिर्मल निवासको हस्तक्षेपबारे छानबिन हुनुपर्ने भन्दै बैठकमा सहभागी नहुने बताएका हुन्।

आज बिहान सुकेधारास्थित एक पार्टी प्यालेसमा पार्टीमा निर्वाचित भएका आफू निकटका पदाधिकारी तथा केन्द्रीय सदस्यलाई बधाई तथा शुभकामना दिन आयोजित कार्यक्रममा थापाले आफू बैठकमा सहभागी नहुने जानकारी दिएका हुन्।

थापाले आफूलाई अध्यक्षमा पूर्व-राजाले हस्तक्षेप गरी हराएको भन्दै यसको छानबिन हुनुपर्ने बताउँदै आएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.