|

अस्ट्रेलिया र इङल्यान्डबिच बुधबारदेखि सुरु भएको एसेस सिरिजको पहिलो खेलमा इङल्यान्ड १४७ रनमा अलआउट भएको छ।

खराब सुरुवात गरेको इङल्यान्ड पहिलो इनिङमा १४७ रन जोड्दा अलआउट भयो। इङल्यान्डलाई सस्तैमा समेट्ने क्रममा अस्ट्रेलियाका कप्तान प्याट कमिन्सले ५ विकेट लिए।

इङल्यान्ड र अस्ट्रेलिया बिच सर्वाधिक पुरानो क्रिकेट प्रतियोगिताका रूपमा रहेको एसेसमा ८५ वर्षपछि पहिलो बलमै विकेट समेत झर्‍यो।

१९३६ पछि पहिलो बलमै विकेट झरेको हो। इङलिस बलर मिचेल स्टार्कले रोरी बर्नसलाई पहिलो बलमानै बोल्ड गर्दै इतिहास रचे।

यसअघि एसेसको १३९ वर्षे इतिहासमा चौथोपटक पहिलो बलमै विकेट झरेको छ। १८८२ मा पहिलो पटक यो सिरिज खेलिएको मानिन्छ।

६४ वर्षपछि अस्ट्रेलियन टोलीको कप्तान गर्ने बलर बनेका कमिन्स आफ्नो कप्तानी भूमिकामा खरो उत्रिए। कमिन्सले १३.३ ओभरमा ३८ रन दिए।

कमिन्स बाहेक मिचेल स्टार्क र जोश हेजलवुडको नाममा भने समान २-२ विकेट रह्यो। क्यामरुन ग्रीनले थप १ विकेट लिए। नाथन लियोन भने विकेटविहीन बने उनी ४०० विकेट पूरा गर्न १ विकेटले पछि छन्।​

इङल्यान्डका कप्तान जो रुटले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेका थिए। तर गतिलो ब्याटिङ गर्न कुनै पनि खेलाडी असफल भए।

इङल्यान्डका लागि सर्वाधिक रन विकेटकिपर ब्याट्सम्यान जोस बटलरले बनाए। उनले ५८ बलको सामना गर्दै ३९ रन बनाए।

उनी बाहेक ओली पोपले ३५ रन बनाए। इङल्यान्डका तीन खेलाडी शून्य रनमा आउट भए।

थप दोहोरो स्कोरका रूपमा ओपनर हासिव हमिदले २५ रन तथा क्रिस वोक्सले २१ रनको योगदान दिए। दोस्रो दिन अस्ट्रेलियाले पहिलो इनिङ सुरु गर्नेछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.