|

काठमाडौं : नेपाल बार एसोसिएसनले आज पनि सर्वोच्च अदालत परिसरमा विरोध प्रदर्शन गरेको छ।

बुधबार पनि प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराको राजीनामा माग गर्दै कानुन व्यवसायीहरुले सर्वोच्च अदालत परिसरमा विरोध प्रदर्शन गरेका हुन्। विरोध प्रदर्शनका क्रममा बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीशको परिवारबाटै न्यायालयमा बिचौलियाको संरक्षण भइरहेको आरोप लगाए।

उनले प्रमुख राजनीतिक दलहरुलाई भेट्दा पनि सबैले उनको विपक्षमा अभिव्यक्ति दिएकाले प्रधानन्यायधीशको बहिगर्मनले नै न्यायालय शुद्ध हुने बताए।

अध्यक्ष श्रेष्ठले भने, ‘परिवारबाटै बिचौलियाको संरक्षण गर्ने काम भइरहेको छ, चोलेन्द्र शमशेर जबराबाट। यो चोलेन्द्र शमशेर जबराको बिचौलियापनलाई रोक्नका लागि बिचौलिया रोक्ने संयन्त्र बनाउनको लागि पनि प्रतिवेदन दिएका छन्। हामीले जसलाई भेट्यौँ उहाँहरुले चोलेन्द्र शमशेरलाई निकाल्नुपर्ने कुरा भन्नुभएको छ।’

कार्यक्रममा वरिष्ठ अधिवक्ता हरि उप्रेतीले सरकारले तत्काल प्रधानन्यायाधीशलाई दिइरहेको सवारीसाधनको सुविधा र सुरक्षाको सुविधा खोस्नुपर्ने बताए। उनले प्रधानन्यायाधीशले पदअनुसार काम गर्न नसकेको भन्दै अब प्रधानन्यायाधीशलाई सरकारी सुविधा दिइरहनु नपर्ने बताए।

उनले अहिले प्रधानन्यायाधीश एउटा मूर्ति जस्तै भएको बताउँदै न्यायमा सक्रिय हुने, न्यायपालिकाको नेतृत्व गर्ने मान्छे मात्रै प्रधानन्यायाधीश हुनसक्ने बताए।

वरिष्ठ अधिवक्ता उप्रेतीले पदीय आचरणअनुसार काम गर्न नसकेको भन्दै प्रधानन्यायाधीश जबरालाई तत्काल राजीनामा दिन दबाब दिए।

केही तस्वीर झलक :

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.