|

नयाँ दिल्ली : भारतीय सेनाको हेलिकप्टर तमिलनाडुको कुन्नूरमा दुर्घटना भएको छ। दुर्घटनाग्रस्त वायुसेनाको एमआई १७-भी ५ हेलिकप्टरमा रक्षा प्रमुख (चिफ अफ डिफेन्स स्टाफ) जनरल विपिन रावत, उनकी पत्नी मधुलिका रावतसहित १४ जना सवार थिए।

घटनास्थलबाट चारजनाको शव निकालिएको छ। सार्वजनिक भएका तस्वीरमा हेलिकप्टर पूरै जलेको देख्न सकिन्छ। त्यसैले ठूलो क्षति भएको अनुमान गरिएको छ। 

सीडीएस (चिफ अफ डिफेन्स) जनरल रावत र उनकी पत्नीलाई अस्पताल भर्ना गरिएको बताइएको छ। दिल्लीमा केन्द्रीय मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाइएको छ। यस बैठकमा एनएसए अजित डोभाल पनि उपस्थित छन्।

हेलिकप्टरमा रक्षा प्रमुख विपिन रावत, उनकी पत्नी मधुलिका, ब्रिगेडियर एलएस लिडर, लेफ्टिनेन्ट कर्नल हरजिन्दर सिंह, एनके गुरसेवक सिंह, एनके जितेन्द्र कुमार, एल/एनके विवेक कुमार, एल/एनके बी साई तेजा, हवलदार सतपाल सवार थिए।

रक्षा प्रमुख जनरल विपिन रावत र उनकी पत्नी एक कार्यक्रममा भाग लिएर दिल्ली फर्किरहेका थिए। त्यसपछि वायुसेनाको एमआई १७-भी ५ हेलिकप्टर नीलगिरिको जङ्गल क्षेत्रमा दुर्घटनाग्रस्त भएको थियो।

कार्यक्रम उटीको वेलिङटनमा आयोजना गरिएको थियो। त्यहाँ रक्षा प्रमुख जनरल रावत व्याख्यान दिएर फर्कदै थिए। उटी वेलिङटनमा सुरक्षा सेवा स्टाफ कलेज छ।

रक्षा प्रमुख र उनकी श्रीमती हेलिकप्टरमा थिए र ब्रिगेडियर दर्जाका अधिकारी थिए। साथै दुई पाइलट पनि सँगै थिए। रक्षा प्रमुख चढेको विमान वा हेलिकप्टर उडानका लागि विशेष प्रोटोकल रहेको बताइएको छ।

दुर्घटनाको कारणबारे सबै किसिमका अड्कलबाजी भइरहेको छ। खराब मौसम र बादलका कारण हेलिकप्टरका पाइलटले सही अनुमान गर्न नसकेर यो दुर्घटना भएको बताइएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.