|

बेलायतमा कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोनका सय जनाभन्दा बढी संक्रमित भेटिएका छन्।

स्वास्थ्य अधिकारीले मंगलबार दिएको जानकारीअनुसार यो भाइरसका सय जनाभन्दा बढी संक्रमित बेलायतमा देखिएका हुन्।

बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले यसबारे मन्त्रिपरिषदको बैठकमा जानकारी गराएका छन्। उनले योसमेत गरी बेलायतमा ओमिक्रोनका ४ सय ३७ जना संक्रमित भेटिएको बताएका छन्।

बेलायती स्वास्थ्य अधिकारीले अनुसन्धान जारी राखेका र अहिलेको प्रारम्भिक तथ्यांकले यो भाइरस यस अघिको डेल्टा भाइरसभन्दा निकै तीव्र गतिमा फैलिने आफूलाई जानकारी दिएको उनले बताए।

हालै अफ्रिकामा देखिएर विश्वका अरु देशसम्म पुगेको भनिएको कोरोना भाइरसको यो भेरिएन्ट बेलायतमा पनि केही दिनमात्र अघि देखिएको थियो।

प्रधानमन्त्री जोन्सनले देशव्यापी रुपमा नागरिकहरूलाई अघिल्लो डेल्टाभन्दा यो भाइरस निकै खतरनाक रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.