|

काठमाडौं : अर्थमन्त्री जनार्दन शर्माले भूकम्पपछिको पुनर्निर्माणको ९० प्रतिशत काम सम्पन्न भएको बताएका छन्।

पुनर्निर्माणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा बोल्दै अर्थमन्त्री शर्माले विभिन्न दातृ निकायको सहयोग र राजनीतिक दलहरुको संकल्प, सरकारको जिम्मेवारी र पुनर्निर्माणमा खटेको जनशक्तिको लगनशिलताको कारणले पुनर्निर्माणको कार्यले मूर्तरुप लिएको बताए।

उनले पुनर्निर्माणको अभियानमा सहयोग गर्नुहुने सबै मित्र राष्ट्रहरू तथा विकास साझेदार निकायलगायत अन्तर्राष्ट्रिय संघ संस्था, पुनर्निर्माणमा प्रत्यक्ष प्रत्यक्ष रूपमा सहयोग गर्नेहरूलाई धन्यवाद व्यक्त गरे।

अर्थमन्त्री शर्माले भने, ‘भूकम्पपछिको पुनर्निर्माण ९० प्रतिशत सम्पन्न गर्नुमा पुनर्निर्माण प्राधिरकण, नेपाल सरकार, दातृ निकायको प्रमुख भूमिका छ।  भूकम्पपछिको सफल पुननिर्माण कार्यले भूकम्पबाट क्षतिग्रस्त संरचनाको निर्माण मात्र नभएर निर्णय क्षमता र प्रविधि क्षेत्रको ज्ञानसमेत विकसित भएको छ।’

अर्थमन्त्री शर्माले पुनर्निर्माणका बाँकी कामहरुलाई चालु आर्थिक वर्षभित्र सम्पन्न गरी सक्ने बताए। उनले चालु आर्थिक वर्षभित्र सक्नको लागि शहरी विकास मन्त्रालयलाई जिम्मा दिएको बताए।

त्यस्तै, विपद् व्यवस्थापनसम्बन्धी कामहरु गर्न विपद् व्यवस्थापन प्राधिकरणले गर्ने र अन्य बाँकी कामहरु सरकारले नियमित कार्यक्रममा राखेर सम्पन्न गर्ने बताए।   मन्त्री शर्माले ऐतिहासिक तथा पुरातात्विक सम्पदाहरूको पुननिर्माणले मुलुकको विभिन्न ऐतिहासिक मठमन्दिर, धरहरा, रानीपोखरी, दरबार हाइस्कुल जस्ता गौरवपूर्ण सांस्कृतिक सम्पदाको पुननिर्माण भएको बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.