|

एउटा सानो गाउँको माध्यमिक विद्यालयमा कक्षा ९ को नेपाली पाठ्य पुस्तकमा नेपाली विषयका शिक्षकले राम कथा पढाउँदै थिए। 

कक्षाका सबै विद्यार्थी निदाएका थिए। राम कथा सुन्दा बूढाबूढी त निदाउँछन् बच्चाहरुको त कुरै भएन। किनकी राम कथा यति धेरै पटक सुनिएको हुन्छ कि ज्ञान हुनेले सजिलै बुझ्छ, अज्ञानीलाई न त बुझाउन सकिन्छ न त रसिक नै लाग्छ। त्यसैले भन्नेले भन्दै जान्छ, निदाउनेलाई जगाएर कसैले सुनाउने प्रयत्न पनि गर्दैन।

त्यसैले विद्यार्थी निदाएका थिए र शिक्षक पनि पढाइरहेको जस्तो देखिए पनि अर्ध निद्रामा थिए। न त विद्यार्थीले शिक्षकप्रति ध्यान दिएका थिए न त शिक्षकले विद्यार्थीलाई। शिक्षकलाई शब्द शब्द कण्ठस्थ थियो त्यसैले किताब खोलेर राखे, अर्ध निद्रामै बोलिरहे, उनले पनि ठाने सुनिरहेका छन् विद्यार्थीले। तर, अचानक जिल्ला शिक्षा निरीक्षक विद्यालयको छड्के निरीक्षणमा आए। सबैतिर हल्लाखल्ला चल्यो। कक्षा ९ कै कक्षाकोठाभित्र पसे। शिक्षक विद्यार्थी सबै अनुशासित भएर ध्यान पूर्वक पढ्ने र पढाउने जस्तो भएर बसे।

निरीक्षकले सोधे–के पढाई भईरहेको छ? शिक्षकले भने– राम कथा। निरीक्षकले भने– ए राम कथा पढाइ भईरहेको रहेछ म सबैलाई प्रश्न सोध्छु है त एउटा एउटा राम कथाकै विषयमा। शुरुमै उनले प्रश्न गरे– शिवको धनुष कसले भाँचेको थियो? उनले सोचेका थिए यो सजिलो प्रश्नको जवाफ त केटाकेटीले दिइहाल्छन्।

एकछिन सम्म कोहि बोलेनन्। त्यहि बिचमा एकजना विद्यार्थीले हात उठाएर भने– सर म त १५ दिन देखि छुट्टीमा बसेको थिएँ, आजै आएको हो विद्यालय। यो बिचमा कसले धनुष भाँच्यो मलाई चाहिँ थाहा छैन र १५ दिन अगाडी कक्षाको टेबल र कुर्सी भाचिँदा सबैले मलाई दोष लगाए जुन मैले गरेको थिइन। त्यसैले अहिले पनि म सफाई दिन चाहन्छु कसले भाँच्यो धनुष मलाई थाहा छैन र मैले त हुँदै होइन। निरीक्षक हैरान भए, यस्तो जवाफ देलान् भनेर उनले सोचेकै थिएनन्।

दैनिक जीवन गुजाराकै लागि, व्यक्तिगत स्वार्थ र लाभकै लागि घुसखोरी र भ्रष्ट आचरण, यति नै हो त जीवनको उद्देश्य? प्रेरणादायी, सरल, समझदार, विश्वस्त पात्र यति आर्जन गर्न के कठिन मिहिनेत पर्छ र? लिन मात्र होइन दिनुको नाम हो समाज सेवा र राजनीति तर राजनीतिलाई पेशा बनाएर आफ्नै मात्र जीवन सहज र सम्पन्न पार्न खोज्ने गलत अभ्यासको परिणाम त हो आजको हाम्रो अवस्था।

उनले शिक्षक तिर हेरे। शिक्षकले भने– यो केटा बदमास नै छ, विद्यालयको सामान तोडफोड भयो भने ९० प्रतिशत बदमासी यसले नै गरेको हुन्छ त्यसैले यसको कुरा नपत्याउनुस् सर। धनुष यसैले भाँचेको हुनुपर्छ त्यसैले शुरुमै सफाई दिँदैछ। अब यस्ता शिक्षकसँग के कुरा गर्नु, निरीक्षक चुपचाप त्यहाँबाट प्रधानाध्यापकोमा गए र सबै बेलिबिस्तार लगाए। कस्तो शिक्षक राखेर अध्यापन गराउँदै हुनुहुन्छ? प्रधानाध्यापकले भने–सर कुरा केवल धनुष भाँचिएको विषय न हो यसलाई यहीँ टुंग्याइदिउ। कति चिज तोडफोड गर्छन् आजकालका विद्यार्थीले हामी त चुप लागेर बस्छौँ।

चुप नलागेर के गर्ने विद्यार्थी युनियन भनेर हड्ताल गर्छन् फेरि। हे भगवान अब निरीक्षक झनै आश्चर्यमा परे, यस्ता प्रधानाध्यापकसँग के बोल्ने? उनी विद्यालय संचालक समितिका अध्यक्षलाई भेट्न पुगे।

सबै बेलिबिस्तार लगाए विद्यार्थी, शिक्षक र प्रधानाध्यापक सम्मको। अध्यक्षले भने– सर घटनाको छानविन त म गर्न लगाउला तर यो कुरालाई यहीँ सिमित राखौं बाहिर हल्ला नगरौं। कति हड्ताल बन्द भएर २ महिनादेखि मात्र यो विद्यालय सुचारु भएको हो। म आजै हाम्रो समितिमा कुरा राख्छु र धनुष बनाइदिन लगाउ।

अज्ञानतालाई स्वीकार्ने खुबी छैन 

प्रसंग राम कथाको र धनुषको भएपनि आज समाजका नेतृत्वको भूमिका, राष्ट्रको समृद्धि र ज्ञानको गहिराइ अनि समझ यहि स्तरमा च भन्दा फरक नपर्ला।

राम कथाको धनुषको प्रसङ्गले हाम्रो जीवन र राष्ट्रको समृद्धिमा खासै फरक नपर्ला तर हाम्रा नेतृत्व वर्गको मूर्खता, एकबाट अर्को हुँदै केन्द्रिय स्तरसम्मको अनुभव र व्यावहारिकता अनि गहिराइको ज्ञान यहि नै छ।

धनुषको बारेमा मलाई थाहा छैन भन्ने जवाफ आएको भए एउटा मात्र भ्रम अज्ञानता हो भनेर थाहा हुन्थ्यो। तर, प्रत्येक व्यक्तिको तर्क र आफ्नो अर्थले गर्दा समस्या कहाँ छ छुट्याउनै नसकिने गरी सबलाई भ्रममा पार्ने काम भईरहेको छ। कमजोरी यहाँनिर छ भनेर स्वीकार्ने परिस्थिति भन्दा पनि नजानेको केहि छैन तर त्यसमा ज्ञान, विवेक, समझ र रूपान्तरणको मार्ग पनि छैन। अस्थिरता, अराजकता र अज्ञानताको कारण नै तर्क वान बन्ने होडबाजीले मैले के भूमिका निर्वाह गरेको छु, मेरो परिचय के हो र राष्ट्रको समृद्धिको लागि मेरो अन्यौलता र अज्ञानताले के असर गरेको छ यसलाई गहिरिएर बुझ्ने ज्ञान कसरी आउँछ, कहिले आउँछ?

सही संस्कार, अभ्यास र आन्तरिक ज्ञानको अभाव नै विकासपछि पर्नुको कारण हो। केहि प्रतिशत नेतृत्वको अज्ञानताले सारा नागरिकलाई उदासिन बनाई रहने कहिलेसम्म?​

आफैंलाई चिनेको छ कि छैन?

सबै राजनीतिक दलका महाधिवेशन चलिरहेका छन्, कतिका सम्पन्न भए। हरेक दलमा गुटबन्दी र भिडन्त छ। नेतृत्व तह आफैंमा सहकार्य र समझदारीमा आउन सकेका छैनन्। नागरिकले तिरेको करको अधिकतम दुरुपयोग भईरहेको छ।

यस्तो अवस्थामा जनतालाई आश्वासन कसरी दिने? पहिले आफूले आफैंलाई नचिनी अरूलाई विश्वस्त कसरी पार्नु? एउटा नेतृत्वले आफ्नो नैतिक परिचय, परिचयको मापदण्ड, मैले आफैंलाई कसरी विश्वस्त पार्न सक्छु मेरो जिम्मेवारी र भूमिकाबाट?  म कुन मार्गमा हिँडिरहेको छु त्यो थाहा नपाउनेले न अरूलाई सही मार्गदर्शन गर्न सक्छ। राजनीति अर्थात् राज–उच्च तहको नीति, चेतनाको स्तरबाट नै उच्च पो त। यो त ठूलो शक्ति पो त राष्ट्रको समृद्धि र रुपान्तरणको लागि। यति ठूलो शक्तिलाई सानातिना व्यक्तिगत स्वार्थमा खर्च गरेपछि राम्रो कम गर्ने ऊर्जा कहाँबाट आउने? तर यसमा संलग्न व्यक्तिले आफ्नो नैतिक मूल्य थाहा नपाइकन राजनीतिमा र समाजसेवामा आफ्नो योगदानको मूल्य खोजेर कसरी भेटिएला?

दैनिक जीवन गुजाराकै लागि, व्यक्तिगत स्वार्थ र लाभकै लागि घुसखोरी र भ्रष्ट आचरण, यति नै हो त जीवनको उद्देश्य? प्रेरणादायी, सरल, समझदार, विश्वस्त पात्र यति आर्जन गर्न के कठिन मिहिनेत पर्छ र? लिन मात्र होइन दिनुको नाम हो समाज सेवा र राजनीति तर राजनीतिलाई पेशा बनाएर आफ्नै मात्र जीवन सहज र सम्पन्न पार्न खोज्ने गलत अभ्यासको परिणाम त हो आजको हाम्रो अवस्था। लोभलालचमा र दूरदर्शिताको अभाव नै त नेतृत्व तहमा विश्वास गर्न नसकिने कारण हुन्। त्यसैले एउटा जागृत नेतृत्वले मात्र राष्ट्रमा सही दिशा बोध गर्न सक्ने हुनाले त्यो गुण वत्ता आफूमा छ कि छैन चिन्ने र जान्ने समय आयो कि?

गरेपछि मात्र प्राप्त हुन्छ

‘केहि नगरीकन केहि प्राप्त हुदैन’  शेक्स्पियरको उक्तिलाई एकैछिन मात्र पनि मनन गर्ने हो भने पनि हाम्रो सम्पन्नता र विपन्नताका कारणहरु पत्ता लाग्छन्। एउटा सम्पन्न समाज र राष्ट्र कहलिनुको पछाडी त्यो समाजका नेतृत्व तहको अनुशासन र मर्यादा अनि नागरिकहरुको जीवनशैली, संस्कार र सोचले प्रभाव पारेको हुन्छ। त्यही सोच र जीवनशैलीले त्यो समाजले निरन्तर सम्पन्नता सिर्जना गर्छ र बहुआयामिक विकासतिर अगाडी  बढेको हुन्छ।

कारण केहि हुदैन, हरेक विकासको पछाडी त्यहाँका नेतृत्व तह र नागरिकहरुको संस्कार र सोचले काम गरेको हुन्छ। एउटा सम्पन्न राष्ट्र र  समाज  गहिरो  प्रयास गरेर सम्पन्न बनेको हुन्छ भने  विपन्न राष्ट्र र समाज  पनि गलत अभ्यास र स्वार्थी सँस्कारकै कारण  विपन्न भएको  हुन्छ यो  यथार्थता हो। मैले मात्र गरेर के हुन्छ र भन्ने चलन र भत्किँदा बिग्रिँदा देखेको नदेख्यै, जानेको नजान्यै गर्ने संस्कार पनि हामीसँगै छ। असफलता अनि राष्ट्रको  विपन्नताको कारण  या  दोष अरुमा नै देख्छन् र खोज्छन् नेतृत्व तहले। नागरिकको तहबाट हेर्दा राजनीतिक नेताहरुले आफ्नो स्वार्थ बाहेक देश र जनताको हितमा काम गरेनन् भन्ने बुझाई प्रष्ट देखिन्छ। मानिसहरुमा नैतिकता छैन, सरकारी कार्यालयप्रति नागरिकको सकारात्मक बुझाइ छैन्।

सेवाग्राहीले सरकारी निकायबाट सहजै र सजिलै सेवा पाएका धेरै कम मात्र उदाहरण छन्। हामीलाई थाहा छैन कतिपय अवस्थामा  हाम्रो व्यवहार र अधैर्यताबाट नै सजिलै अरुबाट ठगिएका हुन्छौं। केहि चिज पाउन घुस खुवाएर काम गराउने अभ्यास भएका हामी नै हौँ। घुस खाने र अनैतिक काम गर्नेलाई सजायको व्यवस्था छ

हाम्रो देशमा पनि,घुस नखुवाइ काम बन्ने निकाय छन् ,घुस लिन खोज्नेलाई उजुरी दिने र कारवाही गर्ने माध्यम छन्। सुन्दा सानो लाग्ने तर महत्त्वपूर्ण धेरै कुरामा अनभिज्ञ छौँ  हामी। र पनि, स्वीकार गर्न गाह्रो छ अनि धनुष बनाउने सिकर्मी खोज्ने मानसिकताले नेतृत्व चलेको छ, कसरी बन्छ त देश? 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.