|

स्पेनिस लालिगामा बार्सिलोनाले आफ्नो खराव लय जारी राखेको छ। लिगमा शीर्ष चारमा पर्न संघर्षरत बार्सिलोना आइतबार राति ओसासुनासँग २-२ गोलको बराबरीमा रोकिन पुग्यो।

खेल सकिन ४ मिनेट बाँकी रहँदा ओसासुनाले गोल फर्काएपछि बार्सिलोना स्पेनिस लालिगमा अर्को निरासाजनक बराबरीको सिकार भयो। ओसासुनाको घरेलु मैदानमा भएको खेलमा १२ औं मिनेटमै बार्सिलोनाले निको गोन्जालेजको गोलमा अग्रता बनाएको थियो। तर‚ उसको अग्रता लामो समय टिक्न सकेन। २ मिनेटपछि नै डेभिड गार्सियाले घरेलु टोलीका लागि बराबरी गोल फर्काए।

पहिलो हाफमा १-१ को बराबरी भएको खेलमा दोस्रो हाफमा पुनः बार्सिलोनाले अग्रता बनायो। बार्सिलोनाका लागि अब्दे एज्जलजौलीले  ४९ औं मिनेटमा पुनः अग्रता दिलाए। तर‚ उक्त अग्रता बार्सिलोना अन्तिम समयमा गुमायो।ओसासुनाले ८६ औं मिनेटमा एभिल्ले बराबरी गोल फर्काउँदा बार्सिलोना निरास बनेको थियो। बार्सिलोनाको यो जारी सिजनको छैटौं बराबरी हो।

त्यस्तै‚ आइतबारनै भएका अन्य खेलमा भिल्ला रियलले रायो भालकानोलाई २-० ले पराजित गर्दा रियल बेटिसले रियल सोसिडाडलाई ४-० ले पराजित गर्‍यो।

बराबरी पछि आठौं स्थानमा रहेको बार्सिलोना शिर्ष स्थानको रियल भन्दा १८ अंकले पछि परेको छ। लिगमा १६ खेलबाट बार्सिलोनाको २४ अंक भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.