|

काठमाडौं : धितोपत्र कारोबार हुने साताको अन्तिम दिन बिहीबार सेयर बजार दोहोरो अंकले ओरालो लागेको छ। बजार आज ३७.८७ अंकले ओरालो लागेर नेप्से परिसूचक दुई हजार तीन सय ७६.७४ को विन्दुमा झरेको छ।

राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ५.८८ अंकले घटेर ४५३.५३ को विन्दुमा ओर्लेको छ। आज कारोबार रकम सवा २ अर्ब रुपैयाँभन्दा बढीको भएको छ।

आज नेप्से उपसमूहमा रहेका १३ वटामध्ये एउटामा मात्रै हरियाली छाएको छ भने बाँकी १२ वटा समूहमा रातो पोतिएको छ। यो दिन म्युचुअल फन्ड समूहमात्रै ०.५७ प्रतिशतले उकालो लागेको छ। आज विकास बैंक समूह सर्वाधिक ३.६६ प्रतिशतले ओरालो लागेको छ।

जलविद्युत समूह ३.०१ प्रतिशतले घटेको यो दिन बैंकिङ समूहमा ०.३४ प्रतिशत, व्यापार समूहमा २.६३ प्रतिशत, होटेल तथा पर्यटन समूहमा १.५८ प्रतिशत, वित्त समूहमा २.६ प्रतिशत, निर्जीवन बीमा समूहमा २.५३ प्रतिशत, अन्य समूहमा २.०९ प्रतिशत, लघुवित्त समूहमा १.७६ प्रतिशत, जीवन बीमा समूहमा २.०६ प्रतिशत र लगानी समूहमा २.०२ प्रतिशतको गिरावट आएको छ। 

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये २२४ कम्पनीका ५३ लाख ७९ हजार ८६० कित्ता सेयर २ अर्ब ३० करोड १७ लाख ५१ हजार ९६८ रुपैयाँमा किनबेच भएका छन्।

यो दिन प्रभु बैंकको सर्वाधिक ९ करोड ४३ लाख रुपैयाँ बढीको कारोबार भएको छ। नेपाल बंगलादेशी बैंकको ७ करोड ८ लाख रुपैयाँबराबरको कारोबार भएको आज समृद्धि फाइनान्सको ६ करोड ९५ लाख रुपैयाँ, अपी पावरको ६ करोड ८७ लाख रुपैयाँ, नेसनल हाइड्रोपावरको ६ करोड ५४ लाख रुपैयाँको कारोबार भएको छ।

यस्तै मञ्जुश्री फाइनान्सको ६ करोड २६ लाख रुपैयाँ, महालक्ष्मी विकास बैंकको ६ करोड २६ लाख रुपैयाँ, नबिल बैंकको ६ करोड २४ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको ५ करोड ४७ लाख रुपैयाँ र एनआईसी एसिया लघुवित्तको संस्थापक सेयरको ५ करोड ४१ लाख रुपैयाँ बढीको कारोबार भएको छ। 

धेरै कमाउने र धेरै गुमाउने

आज नेपाल बंगलादेश बैंकका सेयरधनीहरू मालामाल भएका छन्। यो बैंकको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा बढोत्तरी भएर पोजिटिभ सर्किट नै लागेको छ। आज ग्रिनलाइफ हाइड्रो र मैलुङ खोला जलविद्युत सेयरधनीहरूले धेरै गुमाए। यी दुवै कम्पनीको सेयरमूल्य आठ प्रतिशतको हाराहारीमा ओरालो लागेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.