|

काठमाडौंः दुखाइ, भोगाइ शहरले दिएको उपहार मात्र हैन जीवन बुझाई सँगै जिउने कला र शक्ति एक निर्माण र संघर्षको मैदान हो। यहि मैदान भित्रको एक युवा खेलाडी र आमाको कथा 'नचिनेको मान्छे'को म्यूजिक भिडियो सार्वजनिक भएको छ।

सरिता गिरी र नारायण नेपाली अभिनित भिडियो शनिबार नारायण नेपाली युट्युब मार्फत सार्वजनिक गरिएको हो। गायक नारायण नेपालीको आवाज रहेको गीतमा पुरुस्वत्तम् ढुङ्गेलको रचना तथा राजनराज सिवाकोटीको सङ्गीत संयोजन रहेर गीतमा समावेश गरिएको छ।

सार्वजनिक उक्त भिडियोमा थिएटर क्वुइन सरिता गिरीको दमदार अभिनय देख्न सकिन्छ। साथै उनलाई अभिनयमा गायक नेपालीले साथ दिएका छन, गायक नेपालीको यो डेब्यु म्युजिक भिडियो हो। डेब्यु म्युजिकमा नै नेपालीको निकै उत्कृष्ट प्रस्तुति रहेको निर्देशक असिम खनाल बताउँछन्। 

पवन सुस्लिङको छायाङ्कन रहेको भिडियोको निर्देशन असिम खनालले गरेका हुन्। यस भिडियोको सम्पादन भने सिद्धान्त मगरको रहेको छ। यस भिडियोमा आमा छोराको माया सद्‍भाव दर्साइएको छ। जुन बसको सिटमुनि चप्पल लगाएको एक जोर आमाको खुट्टा र जुत्ता लगाएको छोराको खुट्टा देखिन्छ।

 

यस्तै आमा भर्‍याङ्गमा बसेकी छन्। छोराले आमाको लागि नयाँ चप्पल किनेर ल्याइदिएको हुन्छ। आमालाई नयाँ चप्पल देखाउँछ र साइज नाप्छ, लगाउन भन्छ तर आमाले हिल भएका कारण चप्पल नलगाउने भन्छिन्।

बसको सिटमुनि चप्पल लगाएको एक जोर छोराले आमाको खुट्टा र छोराको खुट्टा देखिन्छ। आमा निन्याउरी भएकी छन्। बिस्तारै छोराको कुममा ढल्छिन्। हात छोराको काखमा झर्छ र छोरा ब्यूउझिन्छ। आमालाई हेर्छ, उठाउन खोज्दा आमा चिसो भएको चाल पाउँछ। 

छोराले आफ्नो जुत्ता खोल्छ, आमाको चप्पल निकालेर आफूले लगाएको भिडियोमा देख्न सकिन्छ। यस भिडियोको निर्माता शिवबहादुर नेपाली हुन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.