|

काठमाडौं : धितोपत्र कारोबार हुने साताको अन्तिम दिन बिहीबार सेयर बजार साढे १२ अंकले उकालो लागेको छ।

अघिल्लो दिन ९३ अंकले बढेको नेप्से आज १२.५३ अंकले उकालो लागेर नेप्से परिसूचक दुई हजार पाँच सय २०.२३ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ०.१० प्रतिशतले बढेर चार सय ७७.३६ को विन्दुमा पुगेको छ।

आज दुई सय २९ वटा कम्पनीको ५९ हजार आठ पटकका कारोबारमा ८३ लाख २३ हजार नौ सय २३ कित्ता सेयर चार अर्ब ४९ करोड दुई लाख ६६ हजार चार सय १० रुपैयाँमा कारोबार भएको छ। आज नेप्से उपसमूहमा रहेका १३ वटामध्ये १० वटामा हरियाली छाएको छ भने ३ वटामा रातो पोतिएको छ। निर्जीवन बीमा समूह सर्वाधिक ३.५६ प्रतिशतले उकालो लागेको छ।

जीवन बीमा समूह १.५४ प्रतिशतले बढेको आज बैंकिङ समूहमा ०.२३ प्रतिशत, व्यापार समूहमा ०.२ प्रतिशत, होटेल तथा पर्यटन समूहमा ०.६५ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा १.०२ प्रतिशत, अन्य समूहमा ०.८९ प्रतिशत, लघुवित्त समूहमा ०.९८ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.०६ प्रतिशत र लगानी समूहमा ०.०८ प्रतिशतको बढोत्तरी भएको छ।

आज वित्त समूह सर्वाधिक १.९५ प्रतिशतले ओरालो लागेको छ। विकास बैंक समूह १.११ प्रतिशतले घट्दा जलविद्युत समूहमा ०.६७ प्रतिशतको गिरावट आएको छ। 

धेरै कारोबार गर्ने कम्पनीहरू

आज हिमालयन डिस्टिलरीको सर्वाधिक ३६ करोड २४ लाख रुपैयाँ बढीको कारोबार भएको छ। गोर्खाज फाइनान्सको २० करोड ६८ लाख रुपैयाँबराबरको कारोबार भएको आज अरुण भ्याली हाइड्रोपावरको १४ करोड १० लाख रुपैयाँ, जीवन विकास लघुवित्तको १३ करोड ५५ लाख रुपैयाँ, अपी पावरको १२ करोड ८५ लाख रुपैयाँ, नेसनल हाइड्रोको ११ करोड १० लाख रुपैयाँ बराबरकाे काराेबार भएकाे छ।

यस्तै ज्योति विकास बैंकको १० करोड १९ लाख रुपैयाँ, अपर तामाकोशीको ९ करोड ८२ लाख रुपैयाँ, शिवम् सिमेन्टको ९ करोड ७९ लाख रुपैयाँ र नेपाल पुनर्बीमा कम्पनीको ९ करोड ७५ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

धेरै कमाउने र धेरै गुमाउने

आज शिखर इन्स्योरेन्सका सेयरधनीहरू मालामाल भए। यो कम्पनीको सेयरमूल्य १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजिटिभ सर्किट लाग्यो।

आज बरुण हाइड्रोपावर र जीवन विकास लघुवित्तको सेयरमूल्य पनि ९ प्रतिशत बढीले उकालो लागेको छ। गोर्खाज फाइनान्सका सेयरधनीहरूले धेरै गुमाए। यो कम्पनीको सेयरमूल्य सात प्रतिशतको हाराहारीमा ओरालो लागेको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.