महाधिवेशन ५ दिनसम्म लम्बिन सक्ने

|

काठमाडौं : नेकपा माओवादी केन्द्रको अध्यक्ष पनि केन्द्रीय समितिबाटै आउने भएको छ। राष्ट्रिय  सम्मेलनलाई महाधिवेशनमा रुपान्तरण परेपछि पार्टी अध्यक्ष पनि केन्द्रीय समितिबाट आउने भएको हो। 

आइतबार बसेको केन्द्रीय समितीको बैठकपछि प्रवक्ता कृष्णबहादुर महराले भने, ‘केन्द्रीय कमिटीको तर्फबाट एउटा प्यानल प्रस्तुत होला। त्यसमा असहमति भएका साथीहरुले राख्न सक्नुहुन्छ। सहमति भएन भने निर्वाचनमा जान्छ। केन्द्रीय कमिटी बन्छ अध्यक्ष पनि केन्द्रीय कमिटीबाट चुनिन्छ।’

दिउँसो ३ बजे महाधिवेशनको उद्घाटन हुने उनले बताए। 

प्रवक्ता महराले भने, देशका सबै पार्टीलाई बोलाइएको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि कुराकानी भएको छ। सके उहाँ आउनुहोला नसक्ने प्रतिनिधि पठाउनुहोला। त्यो उहाँको आन्तरिक कुरा हो। कोरोना महामारीको कारणले विदेशी पाहुनालाई बोलाएका छैनौँ।’

सम्मेलन भनेर ३ दिनको मिति तय भएपनि महाधिवेशनमा रुपान्तरण भएपनि ५ दिनसम्म जानसक्ने उनको भनाइ छ। महाधिवेशनमा आउने प्रतिनिधिहरूलाई खाने बस्ने सम्पूर्ण व्यवस्था मिलाइसकेको उनले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.