|

बैतडी : सवारी दुर्घटनालाई न्यूनीकरण गर्ने उद्देश्यले बैतडीमा ‘दुई मिनेट चालकसँग’ अभियान सञ्चालन गरिएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालयले उक्त अभियान सञ्चालन  गरेको हो।  

पछिल्लो समय जिल्लामा सवारी दुर्घटना बढ्दै गइरहेकोले न्यूनीकरण गर्नका लागि ‘दुई मिनेट चालकसँग’ अभियान सञ्चालन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख आकाश रावलले  जानकारी दिए।

अभियानअन्तर्गत राजमार्ग र भित्री सडकहरुमा सवारी चेकजाँचमा कडाइ गरिएको छ।  उनले भने, 'चालकले मात्रै सावधानी अपनाएर सवारीसाधन हाँक्ने हो भने सवारी दुर्घटना कम हुने भएको यो कार्यक्रम चलाएका हौं, यसले दुर्घटना न्यूनीकरण हुने विश्वास छ।'

मादकपदार्थ सेवन नगरी सवारीसाधन चलाउन, तीव्र गतिमा नहाँक्न, क्षमताभन्दा बढी मान्छे नबोक्न, सवारी अनुमतिपत्र भए नभएको हेर्ने,बढी भाडा नलिन भनेर सम्झाई बुझाइ गर्ने गरिएको छ।

सदरमुकाम, सतबाँझ, पाटन, खोड्पे,मेलौली लगायतका ठाउँमा सवारीसाधन चेकजाँचमा अहिले कडाइ गरिएको छ। जिल्ला प्रहरी कायर्लय बैतडीका अनुसार चालु आर्थिक वर्षमा अहिलेसम्म सवारी दुर्घटनामा परेर जिल्लामा १५ जनाको ज्यान गइसकेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.