|

सल्यान : सामूहिक तरकारी खेती र माछापालनबाट सल्यानका दलित महिलाहरूले मनग्य आम्दानी गर्न थालेका छन्।

तरकारी खेती र माछापालनबाट सिजनमा एक जनाले ४५ देखि ५० हजार रूपैयाँसम्म आम्दानी गर्ने गरेको शारदा नगरपालिका–६ बरलाकी सुन्तली बादीले बताइन्। धेरै वर्ष बालुवा गिट्टी कुटेर घरखर्च चलाउँदै आएकी सुन्तलीले सामूहिक तरकारी खेतीबाट राम्रो आम्दानी हुन थालेपछि बालुवागिट्टी कुट्न छाडेको बताइन्।

बरलाकै टिका नेपालीले पनि सामूहिक रुपमा आवद्ध भएर तरकारी र माछापालन गर्न थालेपछि अर्काका अघि हात थाप्नु नपरेको बताइन्। विगतमा दैनिक गुजारा चलाउन समस्या हुने गरेको स्मरण गर्दै उनले तरकारी खेती थालेदेखि छोराछोरी पढाउन र घरखर्च चलाउन समस्या नभएको सुनाइन्।

बरलाका २० दलित महिलाले समूह निर्माण गरी घट्टेखोलामा २० रोपनी जग्गा भाडामा लिएर सामूहिक तरकारी खेती र माछापालनबाट गर्दै आएका छन्। १० रोपनीमा माछा पालन र १० रोपनी जग्गामा तरकारी खेतीबाट वार्षिक एक जनाले ५० हजार रूपैयाँभन्दा बढी आम्दानी गर्दै आइरहेको डउरेडाँडा कवुलियती तरकारी तथा माछापालन समूहकी कोषाध्यक्ष सुन्तली बादीले बताइन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.