|

काठमाडौं : साताको तेस्रो दिन मंगलबार सेयर बजारमा झिनो गिरावट आएको छ।

आज बजार २.६६ अंकले ओरालो लागेर नेप्से परिसूचक दुई हजार पाँच सय १८.९९ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ०.९१ अंकले घटेर ४७०.९८ को विन्दुमा ओर्लेको छ।

कारोबार रकम हिजोको तुलनामा घटेर सवा ३ अर्ब रुपैयाँको हाराहारीमा भएको छ। मंगलबार उपसमूहमा रहेका १३ वटा समूहमध्ये ६ वटामा हरियाली छाएको छ भने ७ वटामा रातो पोतिएको छ। 

आज उत्पादन तथा प्रशोधन समूह सर्वाधिक २.०७ प्रतिशतले उकालो लागेको छ। जलविद्युत समूह ०.९१ प्रतिशतले बढेको आज व्यापार समूहमा ०.६४ प्रतिशत, विकास बैंक समूहमा ०.११ प्रतिशत, वित्त समूहमा ०.७२ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा २.०७ प्रतिशत र अन्य समूहमा ०.१७ प्रतिशतले वृद्धि भएको छ।

आज लघुवित्त समूह सर्वाधिक ०.५४ प्रतिशतले ओरालो लागेको छ। बैंकिङ समूह ०.५१ प्रतिशतले घटेको आज होटेल तथा पर्यटन समूहमा ०.३५ प्रतिशत, वित्त समूहमा ०.३१ प्रतिशत, जीवन बीमा समूहमा ०.२७ प्रतिशत, म्युचुअल फन्डमा ०.४६ प्रतिशत र लगानी समूहमा ०.४७ प्रतिशतको गिरावट आएको छ। 

धेरै कारोबार गर्ने कम्पनीहरू

आज नेप्सेमा सूचीकृतमध्ये २३० कम्पनीका ५८ लाख २८ हजार ७८३ कित्ता सेयर ३ अर्ब १२ करोड ५५ लाख ७५ हजार ६३२ रुपैयाँको कारोबार भएको छ। आज हिमालयन डिस्टिलरीको सर्वाधिक २६ करोड ३९ लाख रुपैयाँ बढीको कारोबार भएको छ। नबिल बैंकको २५ करोड ३७ लाख रुपैयाँबराबरको कारोबार भएको छ।

यस्तै नेपाल पुनर्बीमा कम्पनीको १२ करोड ८४ लाख रुपैयाँ, मञ्जुश्री फाइनान्सको १२ करोड ४५ लाख रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्सको ९ करोड ९० लाख रुपैयाँ, शिवम सिमेन्टको ८ करोड ३१ लाख रुपैयाँ, अपी पावरको ७ करोड ५९ लाख रुपैयाँ, अरुण भ्याली हाइड्रोपावरको ५ करोड ९३ लाख रुपैयाँ, नेसनल हाइड्रोपावरको ५ करोड ८१ लाख रुपैयाँ र गोर्खाज फाइनान्सको ५ करोड ६६ लाख रुपैयाँ बढीको कारोबार भएको छ। 

धेरै कमाउने र धेरै गुमाउने

आज मध्य भोटेकोशी जलविद्युतका सेयरधनीहरू मालामाल भए। यो कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर पोजिटिभ सर्किट लागेको छ। आज यो दिन गोर्खाज फाइनान्सका सेयरधनीहरूले सर्वाधिक गुमाए। यो कम्पनीको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा गिरावट आएर नेगेटिभ सर्किट लागेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.