|

म्याग्दी : म्याग्दीमा तल्लो पहाडी क्षेत्रसम्मै हिउँ पर्ने गरी हिमपात भएको छ। यस वर्षको यो पहिलो हिमपात हो। हिमपातले माथिल्लो भेगमा सर्वसाधारण घरबाहिर निस्कन सकेका छैनन्।

मंगलबार रातिदेखि परेको वर्षासँगै हिमपात भएपछि चिसो अत्यधिक बढेको छ। म्याग्दीको धवलागिरि, मालिका, रघुगंगा र अन्नपूर्ण गाउँपालिकाको हिमाली क्षेत्र अधिकांश हिउँले ढाकिएको छ।

मंगला गाउँपालिका र बेनी नगरपालिकाको समेत उच्च पहाडी क्षेत्रमा हिमपात भएको छ। वर्षा र हिमपातले ग्रामीण यातायात प्रभावित भएको छ। हिमपातको कारण माथिल्लो भेगका विद्यालयको पठनपाठनसमेत प्रभावित बनेको छ। लामो समयपछि वर्षा र हिमपात भएपछि कृषकहरू भने खुसी भएका छन्।

हिउँदेबालीको सिञ्‍चाइ नभएको स्थानमा वर्षा र हिमपात भएपछि कृषकहरूलाई राहत भएको छ।

केही तस्वीर झलक :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.