काठमाडौं : अभिनेत्री तथा मोडल परमिता राज्यलक्ष्मी राणाले आफूले गरेको कामको पारिश्रमिक समयमा नपाएको भन्दै आक्रोश व्यक्त गरेकी छन्।
आफ्नो सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत काम गराएर पारिश्रमिक समयमा नदिए नाम सार्वजनिक गर्ने चेतावनी पनि दिएकी छन्।
परमिताले आफूले गरेको एउटा फिल्मको पारिश्रमिक एक वर्षपछि मात्र पाएको पनि बताएकी छन्।
आफू दिक्क भइसकेको र अब नसहने चेतावनी दिँदै उनले लेखेकी छन्, 'म आजित भइसकेँ। अब त पारिश्रमिक नदिनेहरुको नाम सार्वजनिक नै गरिदिन्छु।’
नेपालमा मोडलिङ तथा अभिनय क्षेत्रमा आफ्नो मेहनतको कमाइ पनि भिक मागेजस्तो गरेर माग्नुपर्ने अवस्था हुनु नयाँ पुस्ताका लागि निराशाजनक रहेको पनि उनले बताएकी छन्।
लामो समयदेखि मोडलिङ गर्दै आएकी परमिताले 'रोज', 'चङ्गा चेट', 'चपली हाइट २' लगायत फिल्ममा अभिनय गरेकी छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।